मिस ग्राण्ड नेपालको पाचौं संस्करण आयोजना हुँदै
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १३:५०:२६
१२ असार, इटहरी । आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्राण्ड नेपालको पाँचौ संस्कारण आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको यो ब्युटी प्याजेन्ट गत वर्ष सफल सम्पन्न भएको थियो ।
केही दिनअघि काठमाडौमा अवस्थित ‘टेन एक्स क्लब’ मा एक पत्रकार सम्मेलन गर्दै मिस ग्राण्डको औपचारिक घोषणा गरिएको हो । मिस ग्राण्ड नेपाल मार्फत बर्षेनी देशको प्रतिनिधित्व गराउँदै मिस ग्राण्ड वर्ल्ड, फेश अफ ब्युटी इन्टरनेसनल, मिस औरा इन्टरनेसनल, मिस ग्लोबल इन्टरनेसनल र प्रतिस्पर्धी तयार पार्दै ५ जना सुन्दरीहरुलाई अन्तर्राष्ट्रिय स्तरको ब्युटी प्याजेण्टमा सहभागिताको लागि पठाउने भएको छ ।
मिस ग्राण्डमा सहभागी हुनको लागि असार १७ गतेलाई अन्तिम मिति तय गरिएको छ । मिस ग्राण्ड आयोजक कम्पनीका अध्यक्ष राम केसिका अनुसार आउदो असार ११ गतेदेखि १७ गतेसम्म देशभर अडिसन गरिने भएको छ । नेपालगन्ज, बुटवल, पोखरा, चितवन, बिरगंज, बिराटनगर र झापामा हुने अडिसनमा विभिन्न उत्प्रेरणात्मक कार्यक्रम समेत गरिने केसिले बताए । फाईनल अडिसन भने काठमाडौंको होटल नेपालयमा हुनेछ ।
पत्रकार सम्मेलनमा मिस ग्राण्ड नेपाल टुरिजम सुर्जिना श्रेष्ठ, मिस ग्राण्ड नेपाल स्कुवा सोनाली सापकोटा, मिस मल्टीनेसनल आशा कार्की र प्रमिला बि.क लगायत किसन राज सिंह, राजु श्रेष्ठ, डा. रामसरण थपलिया, आनी भिम सोवा गुरुङ लगायतको उपस्थिति थियो । उनीहरूले मिस ग्राण्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर।के। इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे ।
मिस ग्राण्ड नेपाल २०२२ का बिजेताले नगदको साथै मोबाइल फोन, गुडविल एम्बासडर र नेपाली चलचित्रमा नायिका समेत हुदै पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा सहभागी हुने मौका पाउने छन् । देशभरका अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ४५ दिनको प्रशिक्षण गराइने आयोजकको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार