कर नघटाई र बजार अनुगमनको तयारी बिनै इन्धनको मूल्य घटाउँदा निगमलाई फेरी सास्ती
केदार भट्टराई (काका)
असार १२, २०७९ आइतबार १४:१:८
१२ असार, काठमाडौं । सत्ता गठबन्धका दलहरुको दवावमा सरकारले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजल तथा मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाएको छ । तर, अर्थमन्त्री जनार्दन शर्माले इन्धनमा लगाइँदै आएको पुर्वाधार कर कतिले घटाउने भन्ने निर्देशन पाएका छैनन् ।
अर्थमन्त्री शर्माले यसअघि कर घटाउन नमानेकै कारण नेपाल आयल निगमले मूल्य बढाएको थियो । इन्धनमा बढेको मूल्यका कारण बजारमा पछिल्लो समयमा भएको मूल्यबृद्धि नियन्त्रण गर्न पनि सत्ता गठबन्धनले मन्त्रालयलाई निर्देशन दिएको छ । यसका लागि पेट्रोलियम पदार्थमा भइरहेको चुहावट र बजार अनुगमनका लागि कस्तो संयन्त्र बनाउने भन्ने अहिलेसम्म तयारी छैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले कर घटाएर पेट्रोलियम पदार्थको मूल्यमा नागरिकलाई राहत दिएको दावी गरेपनि यसले आयल निगममाथि पर्ने भार र असर कम गर्ने उपाय खोजेका छैनन् । कुन कर घट्यो भन्ने विषयसमेत विस्तृतमा खुलेको छैन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ र नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा भन्दै पछिल्लो चरण ठूलो मात्रामा मूल्यवृद्धि गरिरहेको थियो । तर सरकारले पेट्रोलियम पदार्थमा चर्को कर लिने र अन्तर्राष्ट्रिय बजारलाई कारण देखाएर मूल्यवृद्धि गरिरहनु उचित नहुने भन्दै विरोध भइरहेको थियो ।
जनस्तरको विरोध र दवावका कारण पेट्रोलियम पदार्थको कर घटाउनुपर्ने बाध्यतामा सरकार पुगेको हो । सरकारले यसअघि गत जेठमा पनि पेट्रोलियम पदार्थमा लगाउँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएको घोषणा गरेको थियो । तर त्यसपछि असार ५ गते रातिदेखि लागू हुने गरी पेट्रोलमा २१ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको थियो । शनिबार मूल्य घटाएपछि पनि अझै पेट्रोलको मूल्य असार ५ मा भन्दा १ रुपैयाँ महंगो र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ सस्तो भएको छ ।
पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर घटेपछि खुद्रा बिक्री मूल्य १ सय ७९ रुपैयाँ पर्नेछ । डिजेलमा पनि प्रतिलिटर २९ रुपैयाँ कर घटेपछि खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ भएको छ । निगमको विवरणअनुसार इन्डियन आयल कर्पोरेसनबाट १३१.९१ रुपैयाँमा किनिएको पेट्रोलको बिक्री मूल्य १९९ पुगेको थियो । १४६.५२ रुपैयाँमा किनिएको डिजेललाई उपभोक्ताले १९२ रुपैयाँ तिर्नुपरेको थियो ।
पेट्रोलमा प्रतिलिटर ६५.६१ रुपैयाँ राजश्व लाग्छ । ढुवानी, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पुर्याइएको थियो । डिजेलमा प्रतिलिटर ४९.५३ रुपैयाँ राजश्व लाग्छ । ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोडेर प्रतिलिटर १९२ रुपैयाँ मूल्य तोकिएको थियो । अब भने कर घटाएपछि मूल्यमा न्यूनतम राहत हुने सरकारको अनुमान छ ।
सर्वसाधारणलाई अचाक्ली महँगो भएपछि निगम स्वयंले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाइदिन आग्रह गरिरहेको छ । बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा असुल्दै आएको कर घटाइदिन निगमको आग्रह थियो । उक्त शीर्षकबाट भन्सार बिन्दुमै प्रतिलिटर १० रुपैयाँ कर असुल्ने गरिन्छ ।
र याे पनिः
नाफाखोरको चंगुलमा मन्त्री बडू, जनता मारेर यसरी रचियो रातारात अर्बपति बन्ने खेल
सुरुमा बुढीगण्डकीका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत करको रकम समायोजन गर्ने घोषणा गरे पनि मिति टुंगो छैन । अर्थ मन्त्रालयले प्रतिलिटर १० रुपैयाँ शोधभर्ना दिने भनेपछि उक्त रकम पाउनेमा निगम अन्योलमै छ ।
इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय आयल निगम सञ्चालक समितिबाहेक अर्को कुनै निकायले गर्न नपाउने निगम विनियमावली र कम्पनी ऐनमा उल्लेख छ । शनिबार मन्त्री बडुले मूल्य घटेको भनी गरेको घोषणा राजनीतिक निर्णय हो, जसलाई शनिबार नै बसेको निगम सञ्चालक समितिको बैठकले अनुमोदन गरिसकेको छ ।
अब सरकारले घटाएको करसम्बन्धी प्रस्ताव अर्थमन्त्रालयले मन्त्रिपरिषद बैठकमा लैजानुपर्नेछ । निगमका कतिपय अधिकारीले भने पहिले अर्थ मन्त्रालयले कर घटाउने प्रस्ताव अघि बढाएर मूल्य घटाउनुपर्नेमा पहिले मूल्य घटाउनु उल्टो व्यवहार भएको टिप्पणी गरेका छन् ।
निगम सञ्चालक समिति बैठकपछि कार्यकारी निर्देशक उमेश थानीले सामाजिक सञ्जालमा मूल्य घटाउन दवाव आएको आशय व्यक्त गर्दै पेट्रोलियम पदार्थमा सरकारले भन्सार विन्दुमै उठाउने ७ प्रकारका करका दरहरुबारे केही नखुलेको बताएका छन् । उनले मूल्य घटे पनि सरकारले लिने कर तत्कालै नघटेकाले आयल निगम थप समस्यामा जानसक्ने बताएका छन् ।
यसअघिनै पाक्षिक पेट्रोलियम बिक्रीबाट आयात गर्न समेत रकम अभाव भएपछि निगमले मुद्धती निक्षेपमा राखेको नाफाको रकमसमेत झिकिसकेको छ । मासिक पेट्रोलियम खपतको रकम तिर्न नै पैसा अभाव भएपछि विभिन्न बैंकमा रहेका खाता पनि खाली भइसकेका छन् ।
अर्थ मन्त्रालयले कर घटाउने प्रक्रिया अघि बढाउन समय लिए आयल निगमको घाटा झनै चुलिने निश्चित छ । घटाउनुपर्ने कर हो, तर त्यसअघि नै मूल्य घटाइयो, कर घटाउने प्रक्रिया थाले पनि अझै केही दिन लाग्ने र त्यसअघिको दैनिक कारोबारले घाटा झनै चुलिने पक्का छ ।
अर्कोतर्फ सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्नुपर्छ । यसको तयारी भएको छैन भने अनुगमनका लागि भएका सरकारी निकायको अवस्था प्रभावकारी छैन् ।
अनुगमन प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्य अवश्यक पर्छ । बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुनेगरी काम गर्न मन्त्रालय र विभागलाई सहज छैन् । उपभोग्य वस्तुमाथि कानूनविपरीत मूल्यवृद्धि गरेको पाइएमा कारवाहीको दायरामा ल्याउने कार्य प्रभावकारी नभए बजार मूल्यमा कुने फरक पर्ने अवस्था देखिदैन् ।
र याे पनि पढ्नुहाेस्ः-
हतारमा मूल्य बढाउँदा छरपष्ट भयो कमिशन, मिलेन बडू र थानीकै जोड घटाऊ
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार