कर्णाली चलचित्र कार्यशाला २०७९ आयोजना गरिने
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १८:३६:२४
१२ असार, सुर्खेत । केबी फिल्म्स प्रा.लि.को आयोजनामा यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको बीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा यती बृहत कार्यशाला यो नै पहिलो हो ।
आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यर्शालामा बरिष्ट चलचित्र निर्देशक एवम् अभिनेता नीर शाहको विशेष कक्षा हुने भएको छ । यस्तै चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष एबम् अग्रज चलचित्र निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएको छन् ।
‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको साँस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउनका लागि सो प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि छ ।’
आयोजक संस्थाका अध्यक्ष एवम् कलाकार निर्माता भुपेन्द्र कुमार खड्काले भने, कर्णाली प्रदेशको भौगोलिक अनेकता, साँस्कृतिक विविधता यहाँका जन जीवनको कथालाई काठमाडौंका सिनेकर्मी भन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्नेछन भन्ने विश्वासका साथ कर्णाली प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माएर उनीहरु मार्फत कर्णालीको जन जीवनका कथालाई नेपाल सहित विश्वमा पुर्याउन यो चलचित्र कार्यशाला आयोजना गरिएको हो ।’
दुर सञ्चार प्राधिकरणको सह आयोजना तथा चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उधोग बाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुँने पनि खड्काले बताए ।
चलचित्रको कार्यशालामा चलचित्र निर्देशक गीतकार एवम् पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाँकार बिष्ण कल्पितले छायाँकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिबम अधिकारीले लेखनसम्बन्धि कक्षा लिने पनि खड्काले बताएका छन् ।
वरिष्ठ चलचित्र निर्देशक राजु केसीले कार्यशालाको संयोजन तथा गीतकार कलाकार हरि बिष्टले स्थानीय व्यबस्थापन एवम् सरिता भारतीले कार्यशालाको मिडिया सँयोजन र विश्व सापकोटाले पब्लिसिटी व्यबस्थापन गर्दैछन् । एक साता लामो यो कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिईने संयोजक राजु केसीले बताएका छन् ।
प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिईने छ । जसका लागि नेपाली चलचित्र उधोगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन् । यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक एक जना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ ।
चलचित्र कार्यशालामा सहभागी विधार्थीहरुले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रुपमा चलचित्र पनि निर्माण गर्ने छन् । ती चलचित्रलाई महोत्सबमा पनि पठाउने आयोजक पक्षको कथन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार