साढे दुई वर्षमा बन्नपर्न पुल छ वर्ष पूरा हुँदा पनि काम अलपत्र :बागलुङ–पर्वत जोड्ने पुल
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २०:४८:४७
१२ असार, गलकोट । ठेकेदार कम्पनीको चरम लापरबाही र सरोकारवाला निकायको बेवास्ताको उदारण बनेको छ बागलुङको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की सडक । पुल निर्माण सुरु भएको छ वर्ष पूरा हुँदा आधा मात्रै काम भएको छ ।
समयमा पुल निर्माण नहुँदा यात्रुहरु घुमाउरो यात्रा गर्न बाध्य छन् । बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुल नै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो तीन घण्टा बढी यात्रा गर्न बाध्य छन् ।
यो सडक भएर बागलुङका दक्षिणी भेग जैमिनी र बरेङका जनता सोझै पर्वतको फलेवास, कार्कीनेटा र स्याङ्जाहुँदै पोखरा जान सक्छन् तर कालीगण्डकीमा पुल नभएका कारण बागलुङ बजार आएर पुन कुस्मा जानुपर्ने बाध्यता छ ।
कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको १०५ मिटर लामो यस पुलको छ वर्षको प्रगति करिब ५० प्रतिशत रहेको निर्माण कम्पनीको जिकिर छ । पुलको हालसम्म ५० प्रतिशत प्रगति भएको र अहिले निर्माणले गति लिएको सडक डिभिजन कार्यालयका ईन्जिनियर किरण पोख्रेलले बताए ।
उनका अनुसार जगको पिल्लर निर्माण भइसकेको र ढलानको काम मात्र बाँकी रहेको छ । विसं २०७३ असोज ९ गते रसुवा/श्री गीता/फेवा जेभीले पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष भित्रमा सक्ने गरी सम्झौता भएको पुलको काम अहिलेसम्म बल्ल आधा काम भएको छ ।
पुल नबन्दा दक्षिण बागलुङका जनताले ठूलो सस्ती खेप्नु परेको स्थानीय गोविन्द शर्माले बताए। उनले यहाँका हजारौँ नागरिकलाई पोखरा पुग्न यस सडकबाट धेरै छिटो हुने भए पनि अहिले बागलुङ पुगेर जानु पर्ने अवस्था रहेको बताए ।
पछिल्लो पटक २०७८ चैत्र मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप गरिए पनि प्रभावकारी रुपमा काम भने अघि बढ्न सकेको छैन । समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने तयारी ठेकेदार कम्पनीको छ ।
ठेकेदार कम्पनीका सुपरभाईजर शेरबहादुर भण्डारीले आवश्यक उपकरण ल्याउन समस्या भएकाले समयमै काम सक्न नसकेको बताए । उनले अहिले आवश्यक उपकरण आइसकेको र काम पनि तीव्र गतिमा भएको बताए ।
सुपरभाईजर भण्डारीले जमिन मुनी ४८ वटा पिल्लर निर्माण गरिसकेको र अहिले माथि दुई वटा पिल्लर ठडाइसकेको बताए । रु १३ करोड १२ लाख ४९ हजार ३६४मा निर्माण थालिएको पुल राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरमा जोडिन्छ । पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार