लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान सुरू
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २१:२७:१४
१२ असार, काठमाडौं । लागु पदार्थ प्रयोग रोकथाम र नियन्त्रण तथा दुर्व्यसनमा फसेकाहरूको उद्दार, उपचार एवम् समाजमा उनीहरूको पुनर्स्थापना सानो पाइलाले गर्दै आएको प्रमुख मध्येको एक काम हो।
सन् २००७ देखि नै हामीले विभिन्न जिल्लामा स्कूल अफ रिकभरी एण्ड रिफर्मेसन नाउँको पुनर्स्थापना केन्द्र संचालन गरिरहेको यहाँहरूलाई विदितै छ। पुनर्स्थापना केन्द्रमार्फत लागु पदार्थ रोकथाम, नियन्त्रण तथा पुनर्स्थापनाका क्षेत्रमा वर्षैभरि नियमित कार्यक्रम गर्दै आएको सानो पाइलाले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा यो वर्ष पनि अतिरिक्त कार्यक्रम आयोजना गर्दैछ।
यो दिवसका अवसरमा हामीले साताव्यापी विशेष गतिविधि संचालन गर्न गइरहेको यहाँहरूलाई सहर्ष जानकारी गराउँदछौं। अर्थात अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस, २६ जुनदेखि हाम्रा कार्यक्रमहरू सुरु हुनेछन्।
साताव्यापी कार्यक्रमलाई हामीले ‘लागुऔषध सेवन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान’ नाम दिएका छौं। कार्यक्रम अन्तर्गत पहिलो दिन अर्थात २६ जुनमा समुद्घाटन समारोह तथा सचेतना र्यातली निकालिने छ। कार्यक्रम विहान ७ बजे वीरगञ्जको घण्टाघरबाट सुरुआत हुनेछ।
२७ जुनमा ‘सामाजिक सुधारमा सँगसँगै’ नाराका साथ प्रहरीको टोलीसँग मैत्रिपूर्ण क्रिकेट खेलिने छ। लागु पदार्थका पूर्वप्रयोगकर्ता, पुनर्स्थापना केन्द्र र सानो पाइलाका कर्मचारी र पदाधिकारीले आयोजकका तर्फबाट खेल्नेछन्। खेल एसपी अफिसको मैदानमा विहान ७ बजेपछि सुरु हुनेछ।
२८ जुनलाई सूचना दिने दिनकारूपमा रहनेछ। यो दिन घण्टाघर, माइस्थान र बसपार्कमा युवा तथा किशोरहरूलाई लक्षित गरी सडक नाटक र सूचना डेस्क संचालन गरिने छ। २९ जुनमा वीरगञ्जस्थित कारागारमा अन्तर्क्रिया कार्यक्रम संचालन हुनेछ। जसमा लागु पदार्थ प्रयोगकर्ता र पूर्वप्रयोगकर्ताका परिवारका सदस्य तथा पूर्वदोषीहरूको सहभागिता रहनेछ।
३० जुनमा वीरगञ्ज र पोखरियाका विद्यालयमा लागु पदार्थविरुद्ध साझेदारी गरिनेछ। जसको मुख्य उद्देश्य विद्यार्थीलाई लागु पदार्थको कुलतमा फस्न नदिन जागरूकता ल्याउनु हो। जुलाई १ मा ‘स्वास्थ्य र मानवीय संकटमा लागु पदार्थका चुनौतिको संबोधन’ शीर्षकमा अन्तरविद्यालय वक्तृत्वकला आयोजना गरिनेछ। यो नेशनल ईन्फोटेक कलेज वीरगञ्जमा हुनेछ।
अन्तिम दिन अर्थात २ जुलाईमा दीप प्रज्ज्वलनको कार्यक्रम गरिनेछ। अन्तिम दिन सम्भव भएसम्म ‘नशामा होइन, संगीतमा झुमौं’ भन्ने थिमसहित आदर्शनगरमा सांगीतिक कार्यक्रम अथवा लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध अन्तरक्रिया कार्यक्रम गरिने छ । आयोजना गर्दै साताव्यापी कार्यक्रम समापन गर्ने तालिका छ।
लागु पदार्थसम्बन्धि समस्या कसैको पनि व्यक्तिगत समस्या मात्र होइन। यो सिंगो समाजकै समस्या हो। अतस् यसका लागि समाजका हरेक जिम्मेवार व्यक्तिहरूले आफूसँग पनि जोडिएको समस्या ठानेर समाधानमा पहल गर्नु अत्यावश्यक छ। लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध सहकार्य गरौं, लागु पदार्थ प्रयोगमुक्त समाज निर्माण गरौं।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार