सेवाग्राहीसँग घुस लिने नापी कार्यालय भैरहवाका अमिन पक्राउ
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २३:२१:४३
१२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग रु ३० हजार घुस मागेको पाइएको छ । आयोगको बुटवलबाट गएको टोलीले अमिन रायमाझीलाई पक्राउ गरेको थियो । आयोगले आरोपी रायमाझीलाई बिगो बमोजिमको कारबाहीको माग गरेको छ ।
यस्तै, आयोगले प्राकृतिक स्रोत तथा साधनको ठेक्का प्रदान गर्दा व्यवसायीसँग प्रक्रिया नपु¥याएको र पछि रद्द गरेर राज्यलाई हानी पु¥याएको अभियोगमा फतुवा विजयपुर नगरपालिका रौतहटका तत्कालीन र हालका समेत नगरप्रमुख रहेका गोपाल राय यादव तत्कालीन उपप्रमुख कान्ती देवीलगायत विभिन्न वडाका अध्यक्षले कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन आलटाल गरेको पाइएको छ ।
आयोगले नगरप्रमुख, उपप्रमुखसहित विभिन्न वडाका अध्यक्षहरू विरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रशासकीय अधिकृत गोकूल ढुङ्गेल र रञ्जना साहविरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरकै बिगो कायम गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार