कर्णालीका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार १९:२६:५१

१३ असार, सुर्खेत । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ ठूला आयोजना केन्द्रित गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।
केन्द्रीय विद्युत नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरी त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उनले बताए । मुगु, हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ । त्यस्तै, अन्य जिल्लाका विद्युत नपुगेको ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरी गाउँगाउँमा विद्युतीकरण गर्ने काम सुरु भएको उनले बताए ।
ग्रामीण विद्युतीकरणअन्तर्गत विद्युत प्रसारण लाइन पुगेका सात जिल्लाका गाउँगाउँमा विद्युत पु¥याई जनताले महसुस गर्ने गरी काम गर्नसमेत बजेट खर्च गरिन लागिएको हो ।
त्यस्तै, १० जिल्लामा कर्णाली उज्यालो कार्यक्रमबाट थप ठाउँमा विद्युत पुर्याइरहेको र बन्द भएका साना जलविद्युतलाई सुचारु गर्न सक्रियाताका साथ काम सुरु भएको मन्त्रालयले जनाएको छ । २० मेगावाटसम्मका विद्युत आयोजना पहिचान गरी विस्तृत सम्भाव्यता अध्ययन गर्ने, डिपिआर तयार भएका आयोजनालाई निर्माण कार्यमा लिनसमेत बजेट विनियोजन गरिएको छ । तिला र जोवा नदीमा जलविद्युत परियोजना अध्ययन तथा निर्माणका लागि समेत बजेट विनियोजना गरिएको मन्त्री सिंहले बताए ।
१०७ मेगावाट उत्पादन क्षमता रहेको जगदुल्ला जलविद्युत आयोजना डोल्पा, रारा जलविद्युत आयोजना दैलेख र ताक्सुगाड जलविद्युत आयोजना जाजरकोटलाई ऊर्जा विकास मन्त्रालयले बजेट विनियोजन गरी काम सुरु गर्न ८७ करोड ६० लाख रुपैयाँ खर्च गर्न लागेको छ ।
कर्णाली जनता सिंचाइ कार्यक्रम, सिंचाइ संरचना निर्माण र टार सिंचाइ कार्यक्रम र सिंचाइ पूर्वाधार आवधिक तथा नियमितलाई ५६ करोड रुपैयाँ लगानी गरी काम सुरु गर्न लागिएको छ ।
प्रदेश राजधानी सुर्खेतमा खानेपानी कार्यक्रमलाई मुख्य रुपमा ध्यान दिइएको छ । सल्यानको शारदा नगरपालिकामा बृहत् खानेपानी सञ्चालन ल्याउने भएको छ । खानेपानी पूर्वाधारहरुको आवधिक तथा नियमित मर्मततर्फ पनि बजेट विनियोजन गरिएको छ । नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन, कर्णाली प्रदेश जनता तटबन्धको कार्यक्रमलाई जोड दिइएको छ । ठूला आयोजनाको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तथा गुुरुयोजना तयार गरी आवश्यक काम गर्ने कार्य सुरु भएको छ ।
दुई अर्ब २२ करोड बजेट विनियोजन गरेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले यसपटक पुराना तथा निर्माण कार्य पूरा नभएका अधिकांश योजनालाई बजेट विनियोजन गरी अधुरा काम सबै सम्पन्न हुने बताएको छ । असन्तुलित बजेटलाई समावेशी बनाएर काम गर्न आफू लागिपरेको मन्त्री सिंहले बताए । जगदुल्ला, ताक्सुगाड र रारा जस्ता जलविद्युत कर्णालीका लागि राम्रो परिणाम दिने योजनामा पर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने
फागुन १५, २०८१ बिहिबार
आज सुनको मूल्य घट्यो, तोलाको कति ?
फागुन १५, २०८१ बिहिबार
साल्ट ट्रेडिङको चैत ११ गते साधारणसभा बस्ने
फागुन १५, २०८१ बिहिबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
फागुन १५, २०८१ बिहिबार
दयाहाङ र विजय अभिनित फिल्म ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति घोषणा
फागुन १५, २०८१ बिहिबार
डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १३ देशका प्रतिनिधि सहभागी
फागुन १५, २०८१ बिहिबार