बैंकहरुमा पाँच अर्बले निक्षेप बढ्दा कर्जा भने एक अर्बले ऋणात्मक
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार १६:५०:३२
१४ असार, काठमाडौं । वित्तीय तरलताको संकट खेपिरहेका बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सीडी रेसियोमा पनि सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो ।
एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ ।
वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब पाँच अर्बमा झरेको छ । बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८९.३७ प्रतिशतबाट घटेर ८९.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार