नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार १७:४६:५२
१४ असार, काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले २२ असारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख इकाइ ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले दीर्घकालीन स्रोत जुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । पाँच वर्षअवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।
जारी हुने एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाइका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् । एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाइ ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा २६ असारमा बन्द हुनेछ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा ४ साउनसम्म खुला रहनेछ ।
लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ’ प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार