सहकारी मार्फत कृषकलाई कृषि औजार वितरण
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार १९:१३:४१
◊ प्रकाश डोटेल
१४असार, स्याङ्जा । स्याङ्जाको वालिङस्थित न्यू गाउँबेशी बहुउद्देश्यीय सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा कृषिऔजार वितरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशतअनुदान सहयोगमा सहकारी मार्फत कृषिऔजारहरु वितरण गरिएको हो ।
कृषिउपजको उत्पादनबृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषिऔजार वितरण गरेको सहकारीले जनाएको छ । कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकी करणमा अग्रसर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा सहकारीले कृषिऔजार वितरण गरेको छ ।
कृषकहरुको माग र आवश्यकताका आधारमा सहकारी मार्फत कृषकहरुलाई कृषिऔजार उपलब्ध गराईएको संस्थाका अध्यक्ष अर्जुन प्रसाद खनालले बताए । मागका आधारमा सहकारी मार्फत ११ वटा कम्बाईण्ड मिल र सात वटा हाते ट्रयाक्टर वितरण गरिएको अध्यक्ष खनालले बताए ।
“गाउँघरमा काम गर्नसक्ने जनशक्ति विदेशिएर काम गर्ने मान्छे नभएपछि खेतीगर्न सहजहोस भनेर ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरेका छौं ।” खनालले भने, “गोरु पाल्न छाडेको र काम गर्न सक्ने युवा अहिले प्रायःगाउँमा नभएका कारण खेतीगर्न नसकेर जमिन बाँझो राख्न नदिन औजार दिएका छौं ।” ५४ हजार मुल्यको औजारलाई २७हजार रजिष्टार कार्यालय र २७ हजार कृषक समूहले ब्यहोर्ने गरी औजार दिईएको छ ।
कृषिऔजार हस्तान्तरण गर्दै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिंदै लागत घटाउन र उत्पादनमा बृद्धि गर्नका लागि कृषि औजारहरुको महत्वपूर्ण भूमिका हुने विश्वास जनाए ।
औजार वितरण गरेपछि काममा सहजता हुने र काम गर्नेले आलोपालोसँग खनजोत गर्दा रोजगारी पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिएको अध्यक्ष खनालले बताए । रजिष्टार कार्यालयको अनुदानमा स्थानीय कृषकलाई ११ वटा कुटानी–पिसानी मिल समेत वितरण गरिएको छ ।
कृषकलाई कृषिकार्यमा उत्साह र उत्प्रेरणा प्रदान गर्न कृषिजन्य बस्तुको उत्पादन बढाउन औजार सहयोग गरिएको रजिष्टार कार्यालयले पोखराले जनाएको छ । औजार सहयोग कार्यलाई प्रदेशभर संचालन गरिने कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार