चामे गाउँपालिकाकाे बजेट, पूर्वाधार निर्माणलाई प्राथमिकतामा
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार २२:२८:१८
१४ असार, मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ ।
बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष मिङमार ढोमा लामाले बजेट सार्वजनिक गरेका ।
गाउँपालिकाले चालु खर्चतर्फ रु.१० करोड १४ लाख ९७ हजार विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ रु २१ करोड २२ लाख ७७ हजार विनियोजन गरिएको छ ।
चालु खर्चमा सङ्घ सरकारबाट राजस्व बाँडफाँटतर्फ रु चार करोड ३७ लाख ९९ हजार, सशर्त अनुदानतर्फ रु पाँच करोड ४४ लाख विनियोजन गरिएको छ । चालु खर्चमा प्रदेश सरकारबाट राजस्व बाँडफाँटतर्फ रु छ लाख ४८ हजार, गाउँपालिकाको आन्तरिक आयतर्फ रु २६ लाख ५० हजार विनियोजन गरिएको छ ।
पुँजीगत खर्चमा सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ रु सात करोड १३ लाख, सशर्त अनुदानतर्फ रु दुई करोड ७० लाख, समपुरक अनुदान (विपद् व्यवस्थापन) तर्फ मस्र्याङ्दी नदी र ठाडो खोलामा (तटबन्ध) तर्फ रु एक करोड ७० लाख, अन्य अनुदानतर्फ रु दुई करोड ९६ लाख ५७ हजार विनियोजन गरिएको छ ।
सङ्घ सरकारकाले अन्य अनुदानको रुपमा मनाङको सदरमुकाम चामेमा बसपार्क निर्माण र उद्योगग्राम निर्माण गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ रु ४२ लाख ५७ हजार, विशेष अनुदानतर्फ रु ७० लाख, समपुरक अनुदानतर्फ रु ५० लाख विनियोजन गरिएको छ ।
प्रदेश सकारबाट विनियोजित विशेष अनुदानमार्फत लोकप्रिय माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण र समपुरक अनुदानमार्फत थानचोक स्वास्थ्य चौकी निर्माण गरिनेछ ।
गतवर्ष मस्र्याङ्दी नदीमा आएको बाढीले उक्त विद्यालय र स्वास्थ्य चौकीमा क्षति पु-याएकोले मर्मतका लागि बजेट विनियोजन गरिएको हो । आन्तरिक आय (गत वर्षर्का मौज्दात) रु चार करोड ५० लाख ६३ हजार रहेको छ ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले चामे बजारमा खानेपानी विस्तार र ढल निकास आयोजना साझेँदारी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।
उनले चामेमा विद्युत् आयोजना निर्माण, स्यार्कु शीत भण्डार निर्माण, प्रकोप व्यवस्थापन तथा उद्दार कोष र कृषि, पशु क्षेत्रमा विकास तथा विस्तार लगायतका कार्यक्रम गाउँपालिकाले समेटेको बताए ।
आवासीय विद्यालय सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक तालिम, लघु उद्यम विकास कार्यक्रम, विद्युत् कुलोदेखि स्याउबारीसम्म तटबन्ध, बस्ती संरक्षण, कजिन सारा ताल पर्यटकीय भ्रमण, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण लगायतका योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार