दुर्गममा टेलिकमको सेवा विस्तार, स्थानीयवासीलाई सहज
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार २३:१८:२४
१४ असार, बागलुङ । सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पु-याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पु-याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ ।
यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए । इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन। अप्टिलकल फाइबर विस्तारसँगै स्थानीयवासीले सहज रुपमा थ्रिजी इन्टरनेट र भ्वाइस सेवा पाएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा पु-याउन सम्भव नभएपछि अप्टिकल फाइबारबाट सेवा विस्तार गरिएको उनको भनाइ छ ।
“लाममेलाका झन्डै तीन सय घरधुरीले भ्वाइस र डाटामा स्तरीय सेवा पाएका छन्,” उनले भने, “बागलुङ र म्याग्दीको सीमामा पर्ने पर्यटकीय क्षेत्र सोलेडाँडामा पुग्ने पर्यटकलाई पनि टेलिकमको सेवाबाट लाभ पुग्छ ।”
वरिष्ठ इन्जिनियर शर्माले दुर्गम भेगलाई लक्ष्य गरी सेवा विस्तार र गुणस्तर सुधारका कामलाई तीव्र गति दिइएको बताए । लाममेलाका जनप्रतिनिधि र स्थानीयवासीले टावर राखी गुणस्तरीय सेवा दिन टेलिकमसँग माग राख्दै आएका थिए ।
दुई हजार ६०० मिटरको उचाइमा अस्थायी टावर निर्माण गरी सेवा विस्तार गरिएको कार्यालयले जनाएको छ । तमान–४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले मोबाइल सेवा पाउनबाट वञ्चित भइरहेका दुर्गमका बासिन्दालाई टावर राखेपछि सहज भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
सिधाकुराका सम्पादकसहित तीनै जनालाई कैद सजाय
असोज १३, २०८१ आइतबार
रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
असोज १४, २०८१ सोमबार
ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
असोज १४, २०८१ सोमबार
चणिकलाल तामाङ महालक्ष्मी विकास बैंकद्धारा १ लाख नगदसहित सम्मान
असोज १४, २०८१ सोमबार
'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
असोज १४, २०८१ सोमबार
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध, जनजीवन प्रभावित
असोज १४, २०८१ सोमबार
काम गर्न नसकेको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा
असोज १४, २०८१ सोमबार