किसानलाई वर्षाले राहत, मल अभावले निराश
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार २३:३:४०
१४ असार, महेन्द्रनगर । गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान वर्षा हुँदा राहत भएको बताउँछन् ।
वर्षा नहुँदा जमिनको ‘पानीको सतह’ कम हुँदा बोरिङबाट पानी तान्ने पनि समस्या थियो । तर धान खेती गर्ने चटारो रहेका बेला कञ्चनपुरका मलखादको अभाव देखिएको छ ।
मलखादको अभावसँगै समयमा वर्षा नहुँदा सिँचाइको प्रबन्ध नहुँदा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कञ्चनपुरका १० प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टले मल अभाव रहेका बेला यहाँको खुल्ला सीमानाकाबाट आयात हुने भारतीय मल भने गुणस्तर नभएको बताए ।
“सरोकारवाला निकायमा मलखाद अभाव हुँदा किसान भरतीय बजारबाट मल ल्याएर खेतमा हालिरहेको भए पनि त्यो त्यति गुणस्तरीय छैन”, उनले भने, “यहाँ धेरै जसोमा सिँचाइ सुविधा रहे पनि कतिपय स्थानमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।”
यता किसान भने भारतबाट मल ल्याएर खेती गरिरहेका छन् । यहाँको बेदकोट नगरपालिका–९ का सञ्जय रानाले सीमावर्ती क्षेत्रबाट मल ल्याएर खेतमा हालिरहेको बताए ।
“भारतबाट रु दुई हजारमा ल्याउने मल यहाँको बजारमा रु दुई हजार पाँच सयमा किनबेच हुँदैछ”, उनले भने, “गाउँका धेरै किसान मलको अभावले खेती गर्न सकिरहेको अवस्था छैनन् ।
” उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीले मलखाद साइकल र मोटरसाइकलमा एक बोरा मात्रै ल्याउन दिइरहेको बताए । “कृषि सामग्रीबाट ल्याएर सहकारी मलखाद गाउँमा वितरण गर्थे”, रानाले भने, “कृषि सामग्रीले पनि केही समयअघि आधा बोराको दरले मौज्दान मलखाद किसानलाई वितरण गरेको थियो ।”
त्यसैगरी शुक्लाफाँटा नगरपालिका–६ का सुनिल रानाले मलखादको अभाव जहिल्यै खेती गर्ने समयमा हुने गरेको बताउनुभयो । “खेती सुरु भइसक्दासम्म राज्यले मलाखद भित्र्याउने प्रबन्ध नगरेको सुनिन्छ”, रानाले भने, “सीमापारिबाट वैधानिक रुपले नमिल्दा हामी किसान जहिल्यै समस्यामा हुन्छौँ ।”
यहाँस्थित कृषि सामग्री कम्पनी लिमिडेटका प्रमुख बलबहादुर शाहले जेठमा यहाँ ६ सय मेट्रिक टन मात्रै ढिएपी मल धान खेतीका लागि आएको बताए ।
“त्यो मल त्यही बेला सकिएयता अहिलेसम्म हामी कहाँ कुनै पनि मल आएको छैन”, शाहले भने, “असारको अन्तिमसम्म मलखाद यहाँ आउला कि भन्ने खबर छ ।”
त्यसैगरी साल्ट टेडिङ कर्पोरेशन कञ्चनपुरका प्रमुख दीपक भट्टले एक हजार चार सय बोरा डिएपी मौज्दान रहेको बताए । उनले भैरवाहबाट मलखाद आउनासाथ आफूहरूले सहकारीमार्फत किसानलाई वितरण गरिरहेको बताए । “हामीकहाँ मल लैजाने १०२ वटा सहकारी आबद्ध छन्,” उनले भने, “मल पर्याप्त नरहे पनि अभाव नै भने भइसकेको छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार