साताको तेस्रो दिन नेप्से ११.८२ अङ्कले ओरालो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार २३:८:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse-ghatyo_LQP4vNcLD4.jpg)
१४ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१।३१ मा ओर्लको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२२ अङ्कले ओरालो लागेर ३७२।६० मा ओर्लेको छ । कूल २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर रु एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ ०.२९ र जीवन बीमा उपसमूह ९६.९ अङ्कले उकालो लाग्यो ।
त्यस्तै, व्यापार १४, होटल तथा पर्यटन १७.९२, विकास बैंक ४३.८३, जलविद्युत् ३६.१३, वित्त २२.०४, निर्जीवन बीमा १०९.९६, उत्पादन ४८.४, अन्य १३।७९, लघुवित्त ३८.७९ सामूहिक लगानी कोष ०.०६ र लगानी १.०६ अङ्कले उकालो लाग्यो ।
मंगलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ३९ अर्ब ३१ करोड पाँच लाख तीन हजार ९९८ बराबर रहेको छ । कारोबारका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ३१ लाख ३३ हजार २५६ बराबरको कारोबार भयो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन रु पाँच करोड ४३ लाख ८७ हजार २६०, नागरिक लगानी कोष रु पाँच करोड ३४ लाख ५४ हजार ८३७, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ३७ लाख ८३ हजार र न्यादी ग्रुप पावर रु तीन करोड ५१ लाख ९२ हजार ६४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ओरालो लागेको बजारमा सिवासी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । उन्नति सहकार्य लघुवित्त ७.७४, कृषि विकास बैंक ५.१०, सन्राइज फस्ट म्चुअल फण्ड ५।०६ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४।९१ प्रतिशतले कमाए ।
त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ५.७३, जनरल इन्स्योरेन्स कम्पनी ४.७५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.७०, सिंगटी हाइड्रोपावर ४.४५ र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.४० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार