हेटौँडा उपमहानगरपालिकामा ७६० योजना सम्पन्न
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार १७:४२:३९
१५ असार, बागमती । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने कार्य अन्तिम चरणमा छ ।
चालु आवको साउनदेखि असारसम्ममा ९९० योजनामध्ये जेठ महिनासम्ममा ७६० योजना पूरा भएका छन् भने बाँकी अन्तिम चरणमा रहेका उपप्रमुख राजेश बानियाँले बताए । चालु अवधिमा ६८ किमी कङ्क्रिट सडक, दुई दशमलव ५३ किमी सडक कालोपत्र तथा १४ कल्भर्ट निर्माण भएका छन् ।
यस्तै खानेपानी एक, शैक्षिक पूर्वाधरतर्फ २०, पर्यटन पूर्वाधारतर्फ तीन, खेलकुद पूर्वाधरतर्फ तीन, गुम्बा निर्माणतर्फ सात, मन्दिर निर्माणतर्फ २८, स्वास्थ्य पूर्वाधर निर्माणतर्फ नौ, तटबन्ध निर्माणतर्फ १५, सिँचाइ पूर्वाधर निर्माणतर्फ दुई, शौचालय निर्माणतर्फ पाँच तथा अन्य पूर्वाधारतर्फ ९९ योजना निर्माण सम्पन्न भएको बानियाँले जानकरी दिए ।
यसैगरी उपमहानगरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको नगर क्षेत्रभित्रको तथ्याङ्क सङ्कलन गरिरहेको छ । बागमती प्रदेश सरकारको बजेटअन्तर्गत प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत कूल ३८ योजना सञ्चालन गरिएकामा १७ सम्पन्न भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार