समानान्तर हैसियतका बामदेवको नयाँ पार्टी बाबुरामका लागि अर्को अवसर
केदार भट्टराई (काका)
असार १५, २०७९ बुधबार १९:५८:४८
१५ असार, काठमाडौं । राजनीतिक खेलाडीका रुपमा चिनिएका केही पात्र यतिबेला चर्चामा छन् । नेपालको राजनीतिमा यसअघि राम्रै चलखेलमा जमेका केही नेताहरुलाई पछिल्ला राजनीतिक घटना क्रमले नै सांसदसम्म भएपनि पद र संख्या सानो बनाउन सके बार्गेनिङमा पहुँच पुर्याउनेतर्फ केन्द्रीत गरिरहेको देखिन्छ । पत्रकारिता पेशाबाट आएका रवि लामिछानेको मुल्यांकन बाँकी नै छ भने यसै पेशाबाट राजनीतिमा आएका रवीन्द्र मिश्रको मुल्यांकन बजारमा भइसकेको छ ।
यी दुई पात्र बाहेक अहिले नेपालको राजनीतिमा राम्रैसँग उदाएका माधवकुमार नेपाल, बामदेव गौतम र डा. बाबुराम भट्टराईको पद प्राप्ति र वार्गेनिङतर्फ केन्द्रीत भएर उनीहरुको राजनीति अगाडि गइरहेको छ । एमालेबाट विद्रोह गरी बाहिरिएका माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी खोलेर स्थानीय तह निर्वाचनमा पार्टीलाई बार्गेनिङ प्वाइन्टमा पुर्याइसकेका छन् ।
उनको अब संघीय र प्रदेश निर्वाचनले मात्रै बार्गेनिङमा जानसक्ने हैसियतको भविश्य निर्धारण गर्छ । सम्भवत गठबन्धनका कारण पनि नेपालले सानो भएपनि नेपाली राजनीतिमा अझै अस्तित्व कायम राख्नसक्ने स्थिति कायमै रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । तर, बाँकी दुई चलेका नेता डा. भट्टराई र गौतमको स्थिति बार्गेनिङ प्वाइन्टसम्म पुग्छ या पुग्दैन ? यो विषयमा अहिले राजनीतिका जानकारहरुले मुख खोलेका छैनन् ।
पार्टी नै खोलेर आएपछि कतै न कतैको साहाराले गौतमले संघीय संसदमा पाइला टेक्ने सम्भावना रहेपनि डा. बाबुराम भट्टराईको भने अझै निश्चित छैन । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई रहेको पार्टीमा उनको भविश्य नदेखिएकै कारण उनी अहिले अर्को अवसरको खोजीमा छन् । उनलाई जनता समाजवादी पार्टीले खासै चासो नदिएको पष्टै छ । अहिलेको सत्ता गठबन्धनमा कुनै परिवर्तन नगरी भट्टराईले गोरखामा आफै सीट जोगाउन गाह्रो छ ।
राजनीतिक विश्लेषहरुको भनाईमा अहिले जसपाभन्दा बाबुरामका लागि बामदेव नै उपयुक्त छन् । विचार र राजनीतिक आचरणमा पनि खासै फरक छैन् । दुबैले पार्टी शक्तिमा हुँदा स्वाद र सामर्थ्य पनि बुझिसकेका छन् । गौतमले नेकपा राष्ट्रिय एकता पार्टी खोलेर बाम एकताको विषय पनि उठाएका छन् । मंगलबार पार्टी घोषणा गर्दै आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको र यसमा सबै कम्युनिष्ट विचार भएकाहरु अटाउने उनले बताएका छन् ।
उता, माओवादी छाडेदेखि भट्टराईलाई अस्तित्व जोगाउनै समस्या देखिदै गएको छ । ९ असोज ०७२ मा हठात् पत्रकार सम्मेलन गरेर उनले माओवादीबाट अलग भएको घोषणा गरेका थिए । संविधान निर्माणको महवपूर्ण जिम्मेवारी पूरा गरेको एकसाता नबित्दै अचानक उनले माओवादी त्याग्नुलाई संशयका दृष्टिले हेरिएको थियो । संविधान बनेपछि नयाँशक्ति निर्माण गर्नुपर्छ भन्ने सोचमा पहिलेदेखि नै भएको दाबी गरेका उनी त्यसमा सफल देखिएनन् ।
३० जेठ, ०७३ मा तामझाम र अपेक्षासहित नयाँ शक्ति पार्टीको घोषणा भएको थियो, त्यसले अपेक्षाकृत जनाकर्षण हासिल गर्न उनले सकेनन् । पछि साहराका लागि संघीय समाजवादी फोरमसँगको गठबन्धनमा गए । तर, उसकै चुनाव चिह्न साझेदारी गरेर सहभागी भएको नयाँ शक्तिले पहिलो र दोस्रो चरणको चुनावमा जम्मा पाँच स्थानमा विजय प्राप्त गर्याे ।
७४ को निर्वाचनपछि एमाले र माओवादीबीच एकताको औपचारिक घोषणा हुँदै गर्दा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि हात उठाएर ऐक्यबद्धता जनाउन पुगेका थिए । तर, भट्टराईले लगत्तै बाम गठबन्धन छाडे र चुनावमा कांग्रेससँग गठबन्धन गरे ।
मधेश केन्द्रीत दलसँग एकता गरी फेरी विभाजन भएको जसपामा अहिले उनी संघीय परिषदकाे अध्यक्ष छन् । तर, उनको सोधपुछ पार्टीमा हुँदैन् । यस्तै बामदेव गौतमको पनि उनको भन्दा धेरै फरकमा राजनीति छैन् । ०७४ सालमा प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमको पनि अर्को चुनाव नहुँदासम्म सिंहदरबारमा ढोका बन्द जस्तै थियो ।
उनी संविधान संशोधन गरेरै प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्थे । राष्ट्रियसभाका सांसदले पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्नेदेखि विभिन्न निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराए प्रतिनिधिसभाको सदस्य बन्ने यत्नमा पनि गौतम लागिरहे । समकालीन नेताहरू ओली, नेपाल, खनाल, दाहाल प्रधानमन्त्री भइसकेकाले पनि राजनीतिको उत्तरार्धमा पुगेका गौतममा एकपटक प्रधानमन्त्री हुने रहर निकै थियो । तर, त्यो भएन ।
०७७ पुस ५ मा प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा अध्यक्षद्वय ओली र दाहालले समानान्तर गतिविधि गर्न थालेपछि गौतमले ०७८ माघ १४ मा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । जसमा ६ सय ५१ सदस्यीय केन्द्रीय समन्वय समिति र एक सय ७५ सदस्यीय कार्यसम्पादन समिति रहेको संगठनात्मक संरचना थियो ।
त्यसबेला उनले विपरित फर्किएका केपी ओली र प्रचण्डलाई विपरीत दिशाबाट आमने–सामने बनाउने काम गरेपछि मात्र यो अभियानले विश्राम लिने उद्घोष गरेका थिए । उक्त अभियानले कुनै प्रभावकारी हस्तक्षेप गर्न सकेन । बरु एमाले विभाजनपछि उनको अभियानमा जोडिएका धेरै जसो नेता–कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए । गौतम त्यहीँबाट नयाँ पार्टी गठनको प्रक्रियामा आइपुगेका हुन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार