प्रहरी प्रतिष्ठान बनाउने ठेक्कामा पौने अर्बको चलखेल, सेटिङमा ठेक्का सम्झौता
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार २३:३०:५४
१५ असार, काठमाडौं । नेपाल प्रहरीको काभ्रेमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने ठेक्कामा पौने अर्बको चलखेल भएको दावी सम्बद्ध कम्पनीले गरेको छ । भारतका तीन वटा सरकारी कम्पनीलाई समेत मुल्याङ्कनको चरणमै अयोग्य बनाई सार्वजनिक खरिद ऐन, २०६३ तथा बजार प्रतिस्पर्धा ऐनविपरीत ठेक्का दिएको आरोप लगाइएको छ ।
भारतीय कम्पनी अहलुवालिया कन्स्ट्रक्सन प्रा.लि. भारत र नेपालको रोशन कन्स्ट्रक्सन संयुक्त भेन्चर एसीआइएल–आरसीपीएल जेभीलाई एकल योग्य बनाई ठेक्का दिएको खुलासा भएको हो । कानून विपरीत ठेक्का दिएको भन्दै नेपाल प्रहरी, परामर्शदाता सीपीडब्लुडी भारतका इञ्जिनियर नागाप्रसाद र अहित रायविरुद्ध युपीआरएनइल–शर्मा जेभी, गायत्री–अमर जेभी, गिरीधरलाल–अनक गरी तीन ठेकेदार कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भारतीय दूतावासमा उजुरी दिने तयारी भएको बताइएकाे छ ।
परामर्शदाता सीपीडब्लुडीका इञ्जिनियर नागा प्रसाद र अहित रायलाई मात्र यस परियोजनाको वास्तविक लागत इस्टिमेटको जानकारी थियो । सो लागतको सूचना एसीआइएल–आरसीपीएल जेभीलाई लिक गरी मात्र ०.४३ प्रतिशत कम कोड गरी ठेक्का दिएको आरोप लागेको छ । यस ठेक्कामा अनुमानित लागत भन्दा १ अर्बसम्म कम रकम कबुल ठेक्का हात पार्ने कम्पनीले गरेको छ ।
२०७२ वैशाख २५ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार ४ वटा बोलकबोल दातामध्ये वित्तीय बोलपत्र खोल्ने सम्बन्धमा राष्ट्रिय प्रहरी प्रतिष्ठानले एकजना मात्र उत्तरदायी विज्ञापनको योग्यता पुगेको भन्दै अन्य तीन कम्पनीलाई प्राविधिक बोलपत्र मूल्याङ्कन नगरी छनोट प्रक्रियाबाट सिधैं फालिदिएका थिए । आफ्नो कुराको स्पष्टीकरणको मौका समेत नदिएको आरोप सहभागी कम्पनीहरुको छ ।
नेपाल प्रहरीको काभ्रेमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने ठेक्काको लागि युपीआरएनइल–शर्मा जेभी, गायत्री–अमर जेभी, गिरीधरलाल–अनमा र अहलुवालिया कन्स्ट्रक्सन प्रा.लिले सो ठेक्काको बोलकबोल गरेका थिए । तर अहलुवालियाका र रोशन कन्स्ट्रक्सनले कमिशनकै सेटिङमा प्रक्रियामै सामेल नगरी एकलौटी ठेक्का हात पर्ने दाउले ८० करोड कमिशन दिएर ठेक्का दिएको युपीआरएनइल शर्मा जेभी, गायत्री अमर जेभी, गिरीधरलाल अनकले आरोप लगाएका छन् ।
ठेकेदार कम्पनीहरुले सिपीडब्लुडी कम्पनीले ४० करोड र नेपाल प्रहरीलाई ४० करोड दिएर गोप्य सहमति गरी ठेक्का लिएको युपीआरएनइल शर्मा जेभीले दाबी गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्य र ठेकेदार कम्पनीको तर्फबाट अहलुवालियाका अरुण साही र परामर्शदाता सीपीडब्लुड भारतका इन्जिनियर नागाप्रसाद र अहित राय समेत गोप्य रुपमा भेटवार्ता गरेको आरोप अन्य कम्पनीले लगाएका छन् ।
रोशन कन्स्ट्रक्सनका अध्यक्ष सञ्जयकुमार गुप्ता हुन् भने यसमा हरि भगत, अच्युत राउत र अरविन्दकुमार झा निर्देशक छन् । रोशन कन्स्ट्रक्सन हुलाकी मार्गको पुल निर्माणमा समेत संलग्न रहे पनि विवादित कम्पनी हो । रुकुमको नयाँ शहर आयोजनाको भवन निर्माणको जिम्मा लिएर पनि ढिला गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो कम्पनीलाई कालोसूचीमा राख्न गृह मन्त्रालयमा पठाएको र भारतको आलुवालिय कम्पनी समेत भारतीय बैंकको कालोसुचीमा परेको अवस्था छ ।
सरकारले २६ वर्ष अगाडि अनुदानमा प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने सहमति भएको थियो । तर डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा कसले बनाउने भन्ने विवाद लामो समयसम्म चल्दा निर्माणको कामले गति लिन सकेको थिएन । अन्तमा भारतमा बनेको डीपीआर र बोलपत्रको मस्यौदा नेपाल सरकारले स्वीकृत गरेपछि बोलपत्र प्रक्रिया अगाडि बढेको थियो । त्यसपछि भारतले २०५२ फागुनमा प्रतिष्ठान निर्माण गर्न अनुदान उपलब्ध गराउने सहमति गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा अनुदानमा एकेडेमी बनाउने सहमति भएको थियो । सरकारले एकेडेमी निर्माण गर्न काभ्रेको पनौती नगरपालिका–६, सुनथाना (दलिञ्चोक) मा ४२.४ हेक्टर जग्गा अधिग्रहण गरिसकेको थियो ।
नेपालकै ठूलो भवन वीर हस्पिटल ३.५ अर्ब रुपैयाँको निर्माण समयमै सम्पन्न गर्ने शर्मा कन्स्ट्रक्सन प्रा.लि. र भारत सरकारको सरकारी कम्पनी उत्तर प्रदेश राजकीय निगम लिमिटेडलाई यसरी अयोग्य बनाई भवनको कार्य अनुभव नभएको रोशन कन्स्ट्रक्शनलाई चोर बाटोबाट ठेक्का सम्झौता गरेकोमा युपीआरएनइल–शर्मा जेभीका अख्तियारी प्राप्त रमेश शर्माले आपत्ति जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार