लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०७९ बिहिबार ३:४:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/bima-9-scaled-e1656516719716_oUocJgE9VE.jpg)
१५ असार, कठमाडौं । बीमा समितिको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी. ले प्रदेश सरकारले बीमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु ल्याएको र अब ती कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिने बताए ।
मुख्यमन्त्री के.सी. ले बीमा कम्पनीहरुबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरु आउने गरेको उल्लेख गर्दै समयमै सहजरुपमा बीमा दावी पाउने व्यवस्था गर्न र बीमा कम्पनीहरुमा सुशासन कायम गर्न आग्रह गरे । उनले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन र बीमा समितिको प्रदेश कार्यालय विस्तार गर्न पनि आग्रह गरे ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपद्का समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बीमा गर्न सकिने र त्यसरी गरिएको बीमाबाट नै विपद्का समयमा हुने क्षतिको क्षतिपूर्ति हुने जानकारी दिए । अध्यक्ष सिलवालले प्रदेश सरकारले नागरिकका साथै सरकारी सम्पत्तिको बीमा गराउन पहल गर्नुपर्ने उल्लेख गर्दैै बीमालाई सेवा प्रवाहसँग जोडेर पनि बीमाको पहुँच विस्तार गर्न सकिने बताए ।
कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयवस्तु समेटिएको प्रस्तुती गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव, विभिन्न प्रदेश मन्त्रालयका सचिव, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, सगरमाथा इन्सुरेन्स कं.लि. का प्रमुख कार्यकारी अधिकृत, बीमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बीमा कम्पनीका प्रदेशस्थित शाखा कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार