नेपाल लाइफसहित दुई बैंकको संस्थापक शेयर लिलामी भर्ने अन्तिम मिति आज
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार १६:५७:४६
१६ असार, काठमाडौं । एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डु र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेको छ ।
बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनआईसी एसियाले ८ असारबाट ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार ९२१ कित्ता शेयर लिलामी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले एनआईसीको शेयरमा न्यूनतम ४०० रुपैयाँ र नेपाल लाइफको शेयरमा ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।
बैंक अफ काठमान्डूको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक शेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराईज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी शेयरको आवेदन १९ असार बिहान ११ बजे सनराईज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा खोलिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार