बर्सातले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार १७:२०:४५
१६ असार, भोजपुर । वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।
दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ ।
सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध सङ्कलनमा समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या भएको बताए । “कष्टपूर्ण यात्रा गरेर कृषिउपज बजारसम्म लैजानु पर्छ”, उनले भने ।
सडक अवरुद्ध भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ । दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका सन्तोष विष्टले बताए ।
सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ । भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार