निःशुल्क फलफूल र बहुउपयोगी बिरुवा वितरण
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार २०:२६:१९
१६ असार, डोटी । भू तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयले यहाँका किसानलाई निःशुल्क फलफूल र बहुउपयोगी अन्य बिरुवा वितरण गर्न थालेको छ । ती कार्यालयले जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि किसानलाई बिरुवा वितरण गर्दै आएको हो ।
जलाधार व्यवस्थापन कार्यालयले आफ्नो नर्सरीमा उत्पादन गरेका र किसानको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका विभिन्न प्रजाजिका ४० हजार बहुउपयोगी विरुवा वितरण गर्न लागेको छ ।
वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत पुष्पराज जोशीका अनुसार जिल्ला बाहिरबाट ल्याइएका तथा कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा डोटीसहित यहाँका अन्य जिल्ला अछाम र बाजुरामा पनि वितरण गरिने भएको छ ।
निःशुल्क वितरण गर्न सुरु गरिएका बिरुवामा कागती, लिची, आँप, धुपी, बकाइनो, कल्की, किम्बू, कोइरालो, अम्बा, मेवा, मसला, भुजेत्रोलगायत फलफूल र घासेवालीहरु रहेका छन् ।
यसैगरी वन कार्यालयले पनि विभिन्न प्रजातिका बिरुवासँगै फलफूलका बिरुवा वितरण गर्न सुरु गरेको उक्त कार्यालयका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिए ।
उनका अनुसार यस पटक कार्यालयले सुन्तलाका छ हजार, कागतीका तीन हजार २००, भोगटेका तीन हजार, लिचीका ५००, अम्वाका दुई हजार र रुख कटरका एक हजार बिरुवा वितरण गर्ने भएको छ । उक्त कार्यालयले यहाँका नौवटै स्थानीय तहमा १५ हजार ७०० फलफूलका विरुवा वितरण गर्ने कार्ययोजना अनुसार ती बिरुवा बितरण गर्न सुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार