साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन
नेपालबहस संवाददाता
असार १७, २०७९ शुक्रबार १६:५८:३७
१७ असार, चन्द्रौटा । कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बिरुवा उत्पादन गरेका छन । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका छन् ।
उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले जानकारी दिए ।
बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा वृक्षरोपणका लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरिरहेको बताए ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई ध्यानमा राखी फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गणेश तिवारीले बताए । बिरुवाको मागसहित निवेदन दिने क्रम सुरु भएकाले अब केही दिनमा वितरण सुरु गरिने तिवारीले बताए।
कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । महाराजगञ्ज नगरपालिका क्षेत्रमा विभिन्न नर्सरीमा बिरुवा उत्पादन गरेको सहायक वन अधिकृत एजाज अन्सारीले बताए ।
यस्तै शिवराज साझेदारी वनले यस वर्ष एक लाख २० हजार र गौतमबुद्ध साझेदारी वनले एक लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुनालगायत बिरुवा उत्पादन भएको र उपभोक्तालाई निःशुल्करूपमा बिरुवा वितरण गर्ने तयारीमा रहेको सहायक वन अधिकृत प्रेमशङ्कर गुप्ताले बताए ।
डिभिजन वन कार्यालय गौतमबुद्धले यस वर्ष दुई लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ । बहुवर्षीय बिरुवाअन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गरिने डिभिजन वन कार्यालय योजना शाखाका अधिकृत गणेश चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार