पहिरो खस्दा घर बगायो, पशु चौपाय पुरिए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०७९ शनिबार १८:६:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/1593855135daram_pahiro_1_BxC33mtV8R.jpg)
१८ असार, खोटाङ । भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ । शुक्रबार रातिको भारी वर्षसँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय क्षति नभएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए ।
पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंसीलाई भने पहिरोबाट उद्धार गरेर निकालिएको छ । बहर गोरु हालसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताए ।
सडकबाट खसेको पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदिप राईको घर जोखिममा परेको छ । पहिलोभन्दा माथि रहेका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार