महालक्ष्मी विकास बैंकले आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार २०:२७:६
१९ असार, काठमाडाैं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने उदेश्यका साथ केन्द्रीय कार्यालयका लागि काठमाण्डौ जिल्लामा अवस्थित चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा खरिद गर्ने भएको छ।
आफ्ना ग्राहकलाई सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा प्रवाह गर्ने अभिप्रायका साथ बैंकले महाराजगन्ज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैह्रिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर लगायतका क्षेत्रमा घर वा जग्गा खरिदका निमित्त बैंकले बोलपत्रसमेत अह्वान गरिसकेको छ। जग्गा कम्तीमा २ रोपनीदेखि ४ रोपनीसम्म फैलिएको र घर कम्तीमा ३० हजार वर्गफिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ सुविधा भएको हुनुपर्ने बैंकले जनाएको छ।
बैंकले प्रदेश नं. १ मा ५, मधेस प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।
बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप्स बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार