फाेनपेको “फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ” अभियान सुरु
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार २१:१६:१२
१९ असार, काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले “फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ,ठाउँको ठाउँ“ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहनगर्दै आएको फोनपे मार्फत रकमप्राप्तगर्ने व्यक्तिको मोबाइलनम्बर राखेर तुरुन्तै, अन्तर–बैंककारोबार मार्फत् रकम पठाउन सकिन्छ ।
नेपाल राष्ट्रबैंकबाट नेपालको पहिलो अनुमतिप्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डि एफ एस) होल्डिङ्ग कम्पनी फोनपेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ । प्रविधि–सञ्चालित तथा ग्राहक–केन्द्रित दृष्टि कोणबाट वित्तीय सेवाहरूलाई सरल, पहुँच योग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रूपमा दुई पक्षहरू बीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरू उपलब्ध गराउँदै आएको छ ।
फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवाहो । यहाँ मोबाइल बैंकिङ एपको मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ । पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाईल नम्बर राखेर पठाउन सकिन्छ ।
यो “पैसा पठाऔं ठाउँको ठाउँ” अभियानले यसको बृहत् फिनटेक नेटवर्क मार्फत रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको रहेको छ । पैसा पठाउन वाअन्यकुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कमगर्दछ ।
यसका अतिरिक्त, मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखाविवरणहरू उपलब्ध नभएको, खातावालाको नाम, आदि जस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिदैन । तर फोनपेले यस्ता सम्पूर्ण समस्याहरुलाई समाधान गर्दछ । फोनपे डाइरेक्टबाट पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन, र यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथावित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हाल सम्म ८ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार