सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार २२:४२:४
१९ असार, कर्णाली । सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ । अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी ९नायब सुब्बा० भुवन गौतमले जानकारी दिए ।
उनका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागुऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । “पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्”, उनले भने, “अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ कैदीबन्दी छन् ।”
कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या समाधान गर्न नयाँ भवन बनिरहेको बताए । “अब थप क्षमताको तत्काल अर्को भवन निर्माण चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ”, उनले भने, “एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको असर देखिएको छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार