ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा
नेपालबहस संवाददाता
असार १९, २०७९ सोमबार ४:३७:५४
१९ असार, काठमाडाैं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ्ग डिपोजिट’ निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदरसहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको हो।
उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्षदेखि १० वर्षसम्मका लागी मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम रु ५०० का दरले क्रमिक रुपमा रकम जम्मा गर्दै जान सकिने छ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवा-युवतीहरु, अभिभावक वर्गहरुले भविष्यमा एक मुस्टर कम प्राप्त गर्नको लागी मासिक रुपमा चाहेको निश्चित रकम नियमित रुपमा जम्मा गरि तोकिएको समय व्यतित भए पश्चात एकमुस्ट भुक्तानी लिन सक्नेछन् । साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशत सम्म ऋण सुविधाको व्यवस्था पनि छ।
ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ। ज्योति विकास बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार