खोटाङमा पहिरोले ६ घर विस्थापित
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार १७:१४:५५
२० असार, खोटाङ । पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ६ घर विस्थापित भएका छन् । शुक्रबार राति परेको भारी वर्षाका कारण गाउँ चिराचिरा पर्दा साविकको जालपा-८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् ।
यस्तै, पहिरोका कारण साविकको जापला–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएका छन् । धँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ-जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राईले बताए ।
वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावकविहीन शारदाको अवस्था नाजुक छ ।
घटनाका विषयमा जानकारी आएपछि प्रहरीलाई मुचुल्का उठाउन लगाइएको उपमेयर बिसन राईले बताए । विस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार