२ वटा कम्पनीको १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा खुला
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार १७:२७:८
२० असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकले असार २० गते देखि १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका छन् ।
जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ तोकेको छ भने एनआईसी एसिया बैंकले ४२५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यही मूल्यलाई आधार मानेर लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेस गरेको आवेदन रद्द हुनेछ ।
यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ ।
लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर विरगंज, हेटौडा, नारायणढ, न्युरोड पोखरा, बुटवल– मिलनचोक, बाग्लुङ्ग, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार