पशुपालक किसानको रोजाइमा डालेघाँस
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार २०:२०:१७
२० असार, गलकोट । बागलुङका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तिब्रता दिएका छन् । उनीहरुले पशुपालन व्यवसाय फष्टाउनका लागि पछिल्लो समय भू संरक्षण र वन कार्यालयले उत्पादन गरेर वितरण गर्ने डालेघाँसले सहज बनाएको बताएका छन् ।
भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा यस वर्ष मात्रै ३२ हजार डालेघाँसका विरुवा वितरण गरेको छ । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तरगतको शाखा कार्यालय बागलुङले उत्पादन गरेका ३२ हजार डालेघाँसका विरुवा किसनालाई यही असार महिनाभर वितरण गरिसकेको छ ।
पशुपालनका लागि सहज हुँने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्नेछ । सडकको छेउछाउ, खोल्साखोल्सी र खोलानाला छेउमा डालेघाँस रोप्दा पशुपालन र भू–क्षय नियन्त्रणमा सहयोग पु-याउने उद्देश्यले कार्यालयले वर्षेनी सो घाँसका विरुवा वितरण गर्दै आएको छ ।
कार्यालयले बागलुङमा स्थापना गरेको नर्सरीमा उत्पादन गरेको ३२ हजार विरुवा गत सोमबार देखि वितरण शुरु गरिएको थियो । एक हप्तामै ३२ हजार विरुवा वितरण भइसकेको छ । यसले किसानलाई मात्र नभएर भू–संरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने भएकाले सो बिरुवा वितरण गरिदै आइएको छ ।
नर्सरीमा उत्पादन भएका ३२ हजार बिरुवा किसानको व्यावसायिक पशुपालनका आधारमा अनुपात मिलाएर असार मसान्तसम्म वितरण गरिसक्ने लक्ष्य लिएकोमा एक हप्ता अघिनै वितरण सम्पन्न भइसकेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार राइखन्यू, निमारो, तारुबाँस र काफाल लगायतका आधा दर्जन घाँसका विरुवा वितरण गरिएको छ । भिरालो जमिन, सडकको छेउछाउ, खोलसोल्सी लगायत खाली जमिनमा घाँस लगाउन सकिने भन्दै पछिल्लो समय किसानहरु यसप्रति आकर्षित भएको उनले बताए ।
कार्यालय प्रमुख पौडेलले भने “किसानको माग निमारो, राइखन्यू र काफाल जातको डाँलेघाँसमा बढी छ, त्यही अनुरुप हामीले विरुवा उत्पादनलाई बढाउँदै लगेका छौं, एक हप्तामै ३२ हजार विरुवा वितरण सम्पन्न भइसक्यो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार