डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्न बरामद
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार १७:१३:४२
♦ एसवी थापा
२१ असार, सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको एक मार्टबाट अनुगमन टोलीले म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद गरेको छ । लालबन्दी नगरपालिका–५ मा अर्जुन रायमाझीले सञ्चालन गरेको डालीमार्टबाट उपभोक्ता ठगिएको गुनासो आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेपछि म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु बिक्री भएको तथ्य बाहिर आएको हो ।
अनुगमन गर्नेक्रममा टोलीले म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु फेला पारेको जनाएको हो । प्रहरीसमेतको उपस्थितिमा अनुगमन गर्दा म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकिरा र चिलेसा लागिसकेको मकैको च्याख्लालगायतका वस्तु बिक्री वितरण गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
यसरी मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खाद्यवस्तु बिक्री गरिएकोे तथा उपभोक्तालाई ठगी गरेको भन्दै अनुगमन टोलीले राजस्व शाखालाई चिठ्ठी काटेको छ । उपभोक्ता हितविपरीत ठगी धन्दा गरेको भन्दै राजस्व शाखाले समेत डालीमार्टविरुद्ध नियमअनुसार जरिवाना गर्न पत्र काटेको जनाएको छ ।
अनुगमन टोलीले नियन्त्रणमा लिएको म्याद गुज्रिएको र किरा लागिसकेको खाद्यवस्तुको भने फोटो खिचेर डालीमार्टमै बुझाएर फर्किएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार