स्थायी बन्ध्याकरण : पुरुषको सङ्ख्या न्यून, दबाबमा महिला
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार २१:२४:१२
२१ असार, बनियानी । झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिए ।
चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको सङ्ख्या ६८४ (मिनिल्याप) र पुरुषको सङ्ख्या ( ९भ्यासेक्टोमी) रहेको छ ।
धेरै भ्रम रहेकाले पुरुषहरुले बन्ध्याकरण गराउन चाहदैनन् । स्थायी बन्ध्याकरण गराउनेमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिला छन् । सहरी क्षेत्रमा महिला भन्दा पनि पुरुषले ‘लुकिछिपी’ स्थायी वन्ध्याकरण गराउने गरेको उनको भनाइ छ ।
यो वर्ष जिल्लाका नौ स्थानमा मोबाइल क्याम्प गरिएको छ । यस्तै, झापामा प्रसूतिपछिको स्थायी बन्ध्याकरणसमेत हुने गरेको छ । यसपछि बच्चा जन्माउन नचाहनेलाई सोही समयमा स्थायी बध्याकरणको सेवासमेत प्रदान गरिँदै आएको अधिकृत भट्टराई बताए ।
झापामा आम्दा अस्पताल, लाइफ लाइन, ओम मेची इन्टनेशनल, बीएण्डसी अस्पताल, ओमसाई पाथीभरा लगायतका अस्पतालले प्रसूतिपछिको बन्ध्याकरण सेवा दिँदै आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
ती अस्पताललाई डेलिभरीपछिको बन्ध्याकरण सेवा उपलब्ध गराएबापत स्वास्थ्य कार्यालय झापाले तथ्याङ्कको आधारमा रकम पनि दिने गरेको छ ।
बन्ध्याकरण सेवा लिने सेवाग्राहीलाई जनही रू २५० खाजा खर्च, सामान्य औषधि र भिटामिन दिने गरिएको छ । लाभग्राहीलाई घरबाट ल्याएर सेवा लिएपछि घरमै पु-याउने व्यवस्था भने कार्यालयले आफैँले गर्ने गरेको छ ।
चालु आर्थिक वर्षमा झापामा परिवार नियोजन अन्तर्गत आएको रू ३४ लाख हजार ४० मध्ये रू सात लाख फ्रिज भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार