मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच भेट
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार २२:३६:३७
२१ असार, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ
मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा सङ्घीयता, कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था र सडक गुरुयोजना तयारीलगायतका विषयमा छलफल भएको थियो ।
खासगरी स्वीट्जरल्याण्ड सरकारले कर्णालीमा सञ्चालन गरेका परियोजना हेर्न आएका थिए राजदूत क्याप्लरले द्वन्द्वपीडितका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामको बारेमा जानकारी लिए ।
“स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले यहाँका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको छ”, राजदूत क्यापलरले भने, “द्वन्द्वपीडितको स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणमा प्रदेश सरकार अझै गम्भीर बन्नुपर्छ ।”
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । उनले राहत, जीवन निर्वाह भत्ता, औषधि उपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा काम गरिरहेको जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार