सागमा पदक जित्ने खेलाडी पुरस्कृत
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार १६:४२:०
२२ असार, खोटाङ । तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि सुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।
दिक्तेलस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही रु १० हजारसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिए
। सङ्घले १३औँ सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई (सुनसरी) तथा उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई (इलाम), स्क्वासमा कास्य पाउने भावना सुनुवार (रामेछाप), आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई (उदयपुर), बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) र १२औँ सागमा कबड्डीमा कास्य पाउने सम्झना राई (बारा)लाई सम्मान गरेको हो ।
कबड्डीकी राईलाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किराँत राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट समेत रु १० हजारले सम्मान गरिएको छ ।
यस्तै मुआइथाई वल्र्ड च्याम्पियन सञ्जयलाई पनि रु १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ । विजेता खेलाडीलाई प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले नगद र सम्मानपत्र प्रदान गरे थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार