छोरा २५ वर्ष पुगेपछि बुबाको खबर पाउँदा : आमा अर्कैसँग पाेइल
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार २१:२६:४
२२ असार , कर्णाली । तातोपानी गाउँपालिका–१ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आएका छन्। उनी विसं २०५५ मा घरबाट निस्केएको थिए ।
मङ्गलबार मात्र भारत हिमाञ्चल प्रदेश कुल्लु जिल्लाको मनाली भन्ने सहरमा भेटिएको वैदेशिक रोजगारका लागि कतार गएका उनका भाइ जगमुन सार्कीले जानकारी दिए ।
“यतिका वर्षसम्म दाइ कहाँ हुनुहुन्थ्यो थाहा भएन”, जगमुनले भने, “कामका लागि भारतमा गएका माइलो दाई (दलबहादुर सार्की)ले भेटाए । जेठो दाइ भेटिएको खबरले निकै प्रफुलित बनायो । हिजो नै दाइसँग भिडियो कलमै कुरा गरेर लामो समयसम्मको भ्रातृप्रेमको धित मेटाएँ ।”
घरमा श्रीमतीसँग भएको झगडाका कारण विरक्तिएर हिँडेका दलबहादुरलाई परिवारले लामो समयदेखि खोजी गर्दै आइरहेको थियो । दाजु घरबाट सम्पर्कविहीन भएपछि त्यसको लगत्तै भाउजुले नाबालक बच्चालाई छोडेर अर्कैसँग विवाह गरेको जगुमानले बताए ।
दलेको छोरा कृष्ण सार्की यतिबेला २५ वर्षको भइसकेका छन् । तर छोरालाई आफ्ना बाबा छन् भन्ने कुरा थाहा थिएन । कृष्ण यतिबेला घरमै छन् । गाउँका सबैले कृष्णलाई बाबा मरिसकेका कुरा सुनाउथे । हुन पनि बाबाको अत्तोपत्तो थिएन । बाबा भेटिएको खबर सुनेका उनलाई कल्पनाभन्दा बाहिरको कुरा जस्तो लागिरहेको छ ।
नाबालक अवस्थादेखि बाबा भन्न नपाएका कृष्णको आमाले अर्कैसँग विवाह गरेपछि आमाबाबा भएर पनि उनी टुहुरा जस्तै भएका थिए । घरबाट हराएका दलबहादुर लामो समयसम्म घर नफर्केपछि परिवारले पुनःमिलन हुने कुराको आश मारिसकेका थिए ।
कृष्णका अनुसार बाबा भेटिएको कुरा मनालीमा काम गर्न गएका माइला बाबा कले सार्कीले जानकारी दिए । त्यो खबरले अहिले उनको खुशीको सीमा छैन । कृष्णले बाबासँग फोनबाट कुरा गरेको बताए । उनले भने, “बाबासँग फोनमा कुरा गरे । मेरो बाबासँग बोल्न पाउँदा साँच्चिकै उहाँ स्वर्गबाट झरेजस्तो लागिरहेको छ । अब चाँडै नेपाल आउँछु ।”
जगमुनले काम गर्ने दौडानमा हिँडिरहेका बेलामा दाइ (दलबहादुर)सँग भेट भएको बताए । “दाई मनालीमा भेटिएपनि उनी लद्दाख बस्ने रहेछन्”, जगमुनले भने, “व्यावसायिक लाइसेन्स बनाउन आउए रहेछन्। सौभाग्यवशः मनालीमा भेट भयो ।” भेट हुँदा सुरुमा उनले आफूलाई नचिनेको जनाए ।
दलबहादुरले गाउँ, समाज र परिवार सबैको याद आए पनि कामको सिलसिलाले बिर्से जस्तो भएको अनुभूति सुनाए । “म २०५५ सालमा भारत छिरे । त्यतिबेला नेपालमा चरम द्वन्द्वको समय थियो ।
सहजै घर जानसक्ने अवस्था थिएन”, उनले भने, “पछिल्ला दिनमा कसैसँग भेटघाट र फोन सम्पर्क हुन सकेन । बस्दा बस्दा वर्षौं बितेको पनि पत्तै पाइन ।”
भाइका साथै छोरा कृष्णसँग कुरा भएको जनाउँदै उनले दुई÷तीनपछि नेपालगञ्जसम्म गएर पुनःभारत फर्कने र दसैँको समयमा घरपरिवार भेट्न जुम्ला पुग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार