कर्णाली प्रदेशका पाँच जिल्ला : कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_2iMmAyes8c.jpeg
)
नेपालबहस संवाददाता
असार २३, २०७९ बिहिबार १७:२४:२
![](https://nepalbahas.prixacdn.net/media/albums/554428893jail-1_BPFJsc51yQ.webp)
सुर्खेत, २३ असार । कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ । सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका कारागार भवनहरुको अनुगमनमा भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको पाइएको हो ।
‘सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा छ,’ कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नु परेका समस्या बुझ्न म कारागारहरूको अनुगमनमा हिँडेको थिएँ, प्रतिवेदन तयार गर्न लागेको छु ।
कारागारहरूको अवस्था जीर्ण भएको, साँघुरा भवन हुँदा कोच्चिएर बस्नु परेको, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या भोग्नु परेको पाएको छु ।’
मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको उनले बताए ।
त्यस्तै जिल्लाका हिरासतहरुसमेत जिर्ण भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार यहाँको हिरासत अवस्थासमेत दयनीय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
चीनले समुद्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सि स्टेशन’
फागुन ६, २०८१ मंगलबार
साउदीले विश्वका १०२ देशमा सातसय टन खजुर वितरण गर्ने
फागुन ६, २०८१ मंगलबार
नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ
फागुन ६, २०८१ मंगलबार
क्यानडामा हिउँमा चिप्लिएर विमान पल्टिँदा १९ जना गम्भीर घाइते
फागुन ६, २०८१ मंगलबार
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
फागुन ६, २०८१ मंगलबार
रि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार