नख्खु कारागारबाट सेना व्यारेकतिर, सशस्त्रलाई थप जिम्मेवारी
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १९:८:४१
२४ असार, काठमाडौं । सरकारले तीन वर्ष अघि सशस्त्र प्रहरी बल (एपीएफ) लाई कारागार सुरक्षाको जिम्मेवारीबाट हटाएर नेपाली सेनालाई सुरक्षाको जिम्मा दिएको थियो । देशभरकै कारागारको सुरक्षामा नेपाल प्रहरी र प्रदेश प्रहरीलाई खटाउने गरी सशस्त्रलाई ब्यारेक फर्काइएको थियो ।
नख्खु, भीमफेदी, दाङ, झुम्कालगायत करिब एक दर्जन कारागारको सुरक्षा त्यसअघि सशस्त्र प्रहरीले गर्दै आएपनि त्यहाँ सेना र प्रहरी खटाउने निर्णय भएको थियो । तर केही दिन अघि नख्खु कारागारको सुरक्षामा सशस्त्र प्रहरीले डीएसपीको कमाण्डमा एउटा टुकडी खटाइएको छ ।
२०७७ वैशाख २० गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा बैठकले कारागार र भवन÷प्रतिष्ठान सुरक्षामा खटिएका सशस्त्रलाई सीमामा परिचालन गरेर त्यस ठाउँमा सेना र प्रहरी खटाउने निर्णय गरेको थियो । त्यसकै आधारमा पछिल्लो पटक अस्थायी प्रयोजनका लागि सेना र प्रहरी कारागार सुरक्षामा खटिएका थिए । नख्खु कारागारमा सेना खटिइसकेको थियो ।
प्रहरी समायोजन टुंगिएपछि सबै कारागारमा नेपाल प्रहरी र प्रदेश प्रहरीलाई खटाइने कारागार व्यवस्थापन विभागका अधिकारीले जानकारी दिएपनि अहिलेसम्म प्रहरी नखटिएको भन्दै सेनाले कारागारको सुरक्षा अस्वीकार गरेका कारण मन्त्रालयले सशस्त्र प्रहरीलाई खटाएको हो ।
‘विशेष परिस्थितिमा अन्य सुरक्षा निकायलाई अस्थायी सुरक्षा व्यवस्थापनको जिम्मा दिइएको थियो अहिले त्यो परिस्थिति भन्दा भिन्न रहेका कारण सेनालाई व्यारेक फिर्ता गरेर सशस्त्र प्रहरीलाई जिम्मा दिइएको हो’, स्रोतले भन्यो । अहिले सशस्त्र प्रहरीका डीएसपी बासुदेव लोहनीको कमाण्डमा नख्खु कारागारको सुरक्षा भैरहेको छ ।
सीमा सुरक्षामा जनशक्ति कम भएको भन्दै सशस्त्रले जनशक्ति थप गर्ने प्रस्ताव गरेको भएपनि जनशक्ति अभाव भएकै बेला मन्त्रालयले कारागारको जिम्मेवारी पनि दिएको छ । ‘मन्त्रालयले सुरक्षाका लागि खटायो हामीले जिम्मा लियौ’, सशस्त्र प्रहरीका एक अधिकारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार