टाटु डिजिटलाईज गर्ने ईक्सभिला स्टार्टअप वल्र्डकपको नेपाल चेम्पियनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १९:४१:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/collage-1-4_GZ3649xaMg.jpg)
२४ असार, काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल चेम्पियनमा टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिला छनौट भएको छ । स्टार्टअप वल्र्डकप नेपाल रिजनल कम्पिटिसनको फानलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाईजेसन गर्ने स्टार्टअप ईक्स भिला नेपालको च्याम्पियन बनेको हो ।
स्र्टाटअप वल्र्डकपको रिजनल पार्टनर स्टार्टअप हब नेपालले बुधबार नेपालको फाईनल व्याटल आयोजना गरेको हो । स्टार्टअप वल्र्डकपको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका सम्पुर्ण संयन्त्रनै नया“ सोच र धारणाका साथ आएमा नेपालले स्टार्टअप मुभमेन्टमा फट्को मार्ने बताए ।
विश्वका सत्तरी भन्दा बढि देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो । वल्र्ड टे«ड गु्रप नेपालको भगिनि संस्था स्टार्टअप हब नेपालले जनाए अनुसार अब गत बर्षको विजेटा ट्याक्सिमाण्डु र यस बर्षको विजेता ईक्सभिला सेप्टेम्बरमा सिलिकन भ्यालिमा हुने विश्व प्रतिपर्धामा सहभागी हुनेछन् । दुवै चेम्पियन स्टार्टअपलाई आयोजकले नै अमेरिकामा प्रतिश्पर्धामा लैजाने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए ।
देशभरबाट स्टार्टअप विश्वकपका लागी प्रतिपर्धामा सहभागी हजारौं स्र्टाटपहरुबाट उत्कृष्ट १५ स्टार्टअप आयोजकले छानेका थिए । बुधबार छानिएका १५ स्टार्टअपहरुविच प्रतिश्पर्धा भएको हो । छानिएका उत्कृष्ट स्टार्टअपहरुमा गेम सम्बन्धि एपः डार्क म्याटर्स, शिक्षा प्रविधि सम्बन्धि स्टार्टअपः वेद, ईन्टर्याक्टिभ लर्निङ चिम्पभाईन, मेन्टल हेल्थ स्टार्टअप ह््यापी माईन्डस, लगाएतका रहेका थिए ।
बुधबारको नेपालको फिनालेमा उत्कृष्ट ५ स्टार्टपहरु पनि छानिएका छन् । उत्कृष्ट ५ स्टार्टअपहरुमा च्याम्पियन ईन्सभिल्लास“गै दोश्रोमा वेद, तेश्रोमा स्किल सेवा, चौथोमा ह्यापि माईन्डस र पा“चौमा डिजिटल एज नेपाल पर्न सफल भएका छन् । उत्कृष्ट भएका ती ५ स्टार्टअपहरुलाई एमेजनको एडल्युएसले १ हजार डलर बराबरको क्लाउड पुरस्कार दिने घोषणा गरेको छ ।
त्यसैगरि उत्कृष्ट ३ स्टार्टअपलाई स्टार्टअपहब नेपालले प्रतिकम्पनी १० लाख रुपैंयाको लगानी पुरस्कार दिने घोषणा गरेको छ । विश्वका विकशित र धनि देशहरुमा मात्र हुनेगरेको स्टार्टअप नेपालमा भित्रिएस“गै नेपालको कुनै कुनामा रहेको नया“ सोचले समेत विश्वको ईन्नोभेसन हेडक्वाटर भनेर चिनिले सिलिकन भ्यालिमा गएर प्रतिश्पर्धा गर्ने बाटो देख्ने अवस्था सिर्जना भएको स्र्टाअप हब नेपालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार