व्यास नगरपालिकाद्वारा लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार २१:६:३६
२४ असार , दमौली। व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ । लघुउद्यम कार्यक्रम (मेड्पा) मार्फत कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो ।
उद्यमीको मागबमोजिम चाउमिन मेसिन, चाउमिन मिक्स्चर, दुना टपरी मेसिन, हाते ट्र्याक्टर, सिलाइ मेसिन सहयोग गरिएको व्यास नगरपालिकाका उद्योग पर्यटन शाखा प्रमुख मेघनाथ आचार्यले जानकारी दिए । नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए ।
वडा नं १ स्थित थानीमाई लघुउद्यमी समूहलाई रु एक लाख ३५ हजार मूल्य बराबरको चाउमिन मेसिन र रु एक लाख २५ हजार मूल्य बराबरको चाउमिन मिक्स्चर सहयोग गरिएको छ । वडा नं ८ स्थित कालिका दुना टपरी लघु उद्यमी समूहलाई रु एक लाख २५ हजार बराबरको दुना टपरी मेसिन सहयोग गरिएको छ । वडा नं १० स्थित मिलीजुली लघुउद्यमी समूहलाई रु ५८ हजार बराबरको हाते ट्याक्टर सहयोग गरिएको छ । वडा नं १० स्थित साझा लघुउद्यमी समूहलाई रु ७७ हजार बराबरको कुखुरा अटो ड्रिकर सहयोग गरिएको छ ।
वडा नं १० स्थित उद्यमशीलता लघुउद्यमी समूहलाई रु ६० हजार बराबरको कार वासर हेड प्रेसर वासर सहयोग गरिएको छ । वडा नं १० कै कालीडाँडा होमस्टे लघुउद्यमी समूहलाई फिल्टर, डिस्पेन्सर, वडा नं ६ र ८ को सिर्जनशील लघुउद्यमी समूहलाई चापकटर र दाना बनाउने मेसिन सहयोग गरिएको छ । वडा नं ६ स्थित सुन्दरदेवी लघुउद्यमी समूहलाई सिलाइ मेसिन र मिलीजुली लघुउद्यमी समूहलाई सिलाइ मेसिन सहयोग गरिएको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास ९मेड्पा० कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरुलाई प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । नगरपालिकाले गत वर्ष वडा नं ६, ७, ८ र ९ तथा चालु आर्थिक वर्षमा वडा नं १, १० र १२ मा यो कार्यक्रम लागू गरेको थियो ।
“लघु उद्यम विकास कार्यक्रममार्फत उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि प्रविधि हस्तान्तरण गरेका हौँ”, आचार्यले भने । चालु आर्थिक वर्षमा ९० उद्यमी सिर्जना गर्नुपर्ने लक्ष्य रहे पनि १०४ उद्यमी सिर्जना भएको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपड्रागन फल खेतीबाट मनग्य आम्दानी गर्दै गणेश
असार १८, २०८१ मंगलबार
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती
असार १८, २०८१ मंगलबार
मेचीनगरलाई तोरीमा आत्मनिर्भर बनाउन किसानलाई २७ लाख अनुदान
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
गरुडामा बाँदरविरुद्ध किसान
असार १९, २०८१ बुधबार
काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो ( फोटो फिचर )
असार १९, २०८१ बुधबार
कांग्रेस कम्युनिष्टसँग मिल्नु राम्रो होइनः शशांक कोइराला
असार १९, २०८१ बुधबार
नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ
असार १९, २०८१ बुधबार
हनिमुनमा निस्किए सोनाक्षी-जहीर
असार १९, २०८१ बुधबार