पोस्टरपछि ‘लाखे’ को टिजरले बढायो अपेक्षा
नेपालबहस संवाददाता
असार २५, २०७९ शनिबार ११:३५:५०
२५ असार, काठमाडौं । मल्टि स्टारर फिल्म ‘लाखे’ को टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । केही समयअघि सार्वजनीक फस्र्टलुक पोस्टरबाटै चर्चा बटुल्न सफल फिल्मको करिब सवा एक मिनेट लामो टिजरले दर्शकको अपेक्षा झन् बढाएको छ ।
भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’ को टिजरबाट फिल्म सस्पेन्स र थ्रीलले भरिएको आँकलन गर्न सकिन्छ । सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,वर्षा राउत, आर्यन अधिकारी,सुशील सिटौला,प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।
गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन ।
दीपक बज्राचार्यको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन र दीलिप पन्तको प्रोडक्शन डिजाइन रहेको फिल्मलाई आरआर फिल्मस्को बितरण गर्दैछ ।
निर्देशक सम्राटले ‘लाखे’ हर प्रकारले उत्कृष्ट भरपुर मनोरञ्जक फिल्म बनेको बताउने गरेका छन् । यसअघि ‘पासवर्ड’ निर्देशन गरेका निर्देशक बस्नेत कहलिएका द्धन्द्ध निर्देशक हुन । त्यसकारण उनको यो फिल्ममा पनि भरपुर मात्रामा ‘थ्रील’ आश गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार