बालबालिका शिक्षामा पैरवी गर्दै जिएसएस
नेपालबहस संवाददाता
असार २५, २०७९ शनिबार १९:१३:२०
२५ असार, मुगु । ग्रामिण सामुदायिक संस्था जिएसएसले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ । विषेशगरी उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ वडा सम्मका ३९ वटा विद्यालयमा शिक्षा, स्वास्थ्य, अपांगतालगायत विषयमा पैरवी गरिरहेको छ ।
संस्थाले विद्यालयमा बालबालिकाको पहुँच बढाउन बालमैत्री सिकाईका लागि कक्षा कोठा व्यवस्थापन र सिकाई सागग्री सहयोग पनि गर्दै आएको जिएसएस मुगुले जनाएको छ ।
युनाईटेड मिसन टु मुगु क्लष्टरको आर्थिक सहयोग र संस्थाको सहजीकरणमा गाउँपालिकाका ३९ वटा विद्यालयमा करिब दुई करोड बराबरको सहयोग गरेको जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए । उनका अनुसार साथै गरिब विपन्न, असहाय, अपांगता भएका व्यक्तिलाई राहत प्रदान गर्दै आईरहेको छ ।
स्थानीय तहका दलित, विपन्न परिवारका छोरीलाई उच्चशिक्षा, प्राविधिक तहसम्मको शिक्षा समेत दिँदै आएको छ । यो कार्यक्रमले जिल्लाका दुई दर्जनभन्दा बढी दलित छात्राले लाभ लिइरहेका छन् ।
संस्थाका अनुसार अपांगता अधिकार तथा शिक्षा सुधार कार्यक्रमअन्तर्गत सोरुका लाभग्राहीलाई आत्मनिर्भर बनाउने हेतुले विभिन्न सीप प्रदान गरेको रावलको भनाइ छ । कार्यक्रमअन्तर्गत एक दर्जनभन्दा बढीले आर्यआर्जन, बंगुरपालन , सिलाई कटाई, खरायो पालन, कुखुरा र बाख्रा पालन गरी आयआर्जनमा फड्को मारेको युएमएन मुगुका कार्यालय प्रमुख तेजेन्द्र सिंजालीले बताए ।
सोरु गाउँपालिकाका २८ वटा विद्यालयमा कक्षा १ मा बसाई व्यवस्थापनको लागि कुसन, कारर्पेट, पिफर्म, बालमैत्री शिक्षा प्रदानको लागि ४० प्रकारका शैक्षिक सामग्री किताब राख्ने दराज, शौचालय भवन निर्माण लगायत काम गरेको संस्थाले जानकारी दिएको छ ।
विकासका सन्र्दभमा राहत वितरण होस या जुनसुकै काम गर्न खोज्दा राजनीतिक हिसाबले गर्दा सेवा प्रवाहमा चुनौती भएको अध्यक्ष बलराम साहनीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार