साउन पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने
नेपालबहस संवाददाता
असार २६, २०७९ आइतबार २०:३१:४३
२६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन ‘सोमबार’मा बस्ने न्युज कारखानालाई जानकारी दिए ।
राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग ‘एनएसएल’ रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब ‘थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी’ र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
आइतबार नै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्नसक्ने महासचिव राईले बताए ।
‘उहाँहरूसँग अनौपचारिक छलफल भएको हो । हामीले २ साउनको कार्यसमितिले निर्णय लिन्छ भनेका छौं,’ राईले भने । एन्फा मुख्यालयमा भएको भेटमा एनएसएलतर्फबाट निर्देशक श्रेयन्स कार्की र सिइओ सुदीप शर्माको उपस्थिति थियो । यता, एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का ‘बच्चु’ र महासचिव राई थिए ।
गत चैतमै हुनुपर्ने प्रतियोगिता विवादका कारण स्थगित छ । यद्यपि, अघिल्लो कार्यसमितिले प्रतियोगिता २१ भदौदेखि १० कात्तिकसम्म गर्न स्वीकृति दिएको छ ।
अब, प्रतियोगिता हुने या नहुने अथवा कुन स्तरको हुने यसबारे आगामी बैठकले तय गर्नेछ । जुन बैठक ६ असारमा निर्वाचित पदाधिकारीको दोस्रो हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार