पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि जापानमा निर्वाचनमाः आबेको पार्टी विजयी हुने अनुमान
नेपालबहस संवाददाता
असार २७, २०७९ सोमबार १६:२५:५१
२७ असार, टोकियो । जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो ।
१२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र यसको गठबन्धन कोमेटोले ७० देखि ८३ सिट ल्याउने अनुमान गरिएको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । आबेको हत्या हुनु अघि कोमिटोले आफ्नो बहुमत ल्याउने अपेक्षा गरिएको थियो ।
आबेको हत्याले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी एलडीपी प्रति समर्थन बढेको हुनसक्ने विश्लेषकहरू बताउँछन्। आबे एलडीपीका प्रभावशाली तथा अग्रणी नेता थिए । तुलनात्मक रूपमा कम शक्तिशाली माथिल्लो सदनको चुनावलाई अधिकांशतः सत्तारुढ दलको जनमत सङ्ग्रहका रूपमा हेर्ने गरिन्छ।
आबे जापानमा सबभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेका व्यक्ति हुन् । निधन हुँदा उनी ६७ वर्षका थिए। उनले आइतबारको राष्ट्रियसभा निर्वाचनमा एलडीपीको प्रचार गरिरहेका थिए।
आबे पहिलो पटक सन् २००६ मा प्रधानमन्त्री बनेका थिए र पछि २०१२ देखि २०२० सम्म प्रधानमन्त्री बनेपछि स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामा दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार