हिमालयन हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुने, कतिले शेयर हात पार्लान ?
नेपालबहस संवाददाता
असार २७, २०७९ सोमबार २१:३५:१९
२७ असार, काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार ‘२८ असार’ बिहान ८.३० बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
हिमालयन हाइड्रोपावरको आईपीओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ ।
यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल एक अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले १५ देखि १९ असारसम्म १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यो आईपीओमा ग्लोबल आईपीओ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
पुष १३, २०८१ शनिबार
देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार