इजरायलका प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच फोनवार्ता पछि दुई नेता चाँडै भेट्घाट गर्दै …
नेपालबहस संवाददाता
असार २७, २०७९ सोमबार २२:२०:११
२७ असार , जेरुसेलम । इजरायलका प्रधानमन्त्री यइर लापिड र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिबीच चाँडै भेटवार्ता हुने भएको छ । आइतबार भएको फोन कुराकानीका क्रममा उनीहरुले चाँडै भेट्ने योजना बनाएको अधिकारीहरुले जनाएका छन् ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा उनीहरुका बीचमा सौहार्दपूर्ण कुराकानी भएको उल्लेख छ । दुई नेताले अमेरिकी राष्ट्रपति जो वाइडेनले मध्यपूर्वमा भ्रमण गर्न लागेको विषयमा पनि छलफल गरेको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति वाइडेनले यही जुलाई १३ देखि १६ सम्म इजरायल, पश्चिम बङ्गाल र साउदी अरबको भ्रमण गर्ने तय भएको छ । सन् १९७९ मा भएको दुई देशबीचको सम्झौताका बारेमा पनि उनीहरुले समिक्षा गर्नु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
दुवै नेताले त्यस सम्झौतालाई दुई देशको सम्बन्धको जगको रुपमा लिएर आगामी दिनको यात्रा तय गर्नुपर्नेमा जोड दिएका थिए । आफूहरुका बीचमा निरन्तर कुराकानी र सञ्चार सम्बन्ध भइरहनु पर्ने र त्यसो भएमा दुई देश विचको सम्बन्ध थप सकारात्मक हुने उनीहरुको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार