इलाममा ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार १७:३२:२
![](https://nepalbahas.prixacdn.net/media/albums/nierobi_28uj1KSWF3.jpg)
२८ असार, मंगलबारे । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन् ।
जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा संक्रमण फैलिने बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का संक्रमित अस्पताल आउन थालेको जानकारी दिनुभयो । उनले भने “किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।”
पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन् । संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरुको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न २ जना पक्राउ
असार २३, २०८१ आइतबार
१४ किलो चाँदीका गहनासहित ३ जना पक्राउ
असार २३, २०८१ आइतबार
रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ घाइते
असार १७, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार