‘विभेदरहित र मानवअधिकारमैत्री समाज बनाउनुपर्ने’
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २१:३४:१३
२८ असार, काठमाडौं । सांसद राज्यलक्ष्मी गैरेले विकृति, विसङ्गतिरहित समाज निर्माणका गरी मानव अधिकारमैत्री र विभेदरहित समाज निर्माणमा ध्यान दिन अग्रह गरे ।
राष्ट्रियसभाको आजको विशेष समयमा उनले नेपालको संविधान र कानुनले हिंसारहित समाजको परिकल्पना गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा मानव अधिकारमैत्री समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
“एकै दिनमा दुई २४ वर्षीय युवतीले आत्माहत्या गरे, आत्महत्या गर्ने दिनप्रतिदिन बढ्दै गएका छन्”– सांसद गैरेले भने, “महिला सहभागिता र आत्मनिर्भर बनाउने कुरा गरिरहेका छौँ, हिंसारहित समाजको निर्माण बनाउन कानुन पनि बनाइरहेका छौँ तर किन कम भएन सरकारले अध्ययन गर्नुपर्छ ।”
युवालाई रोजगार दिने विषयमा राज्यले सोच्नुपर्ने र विभेदरहित समाज निर्माण गर्न मानव अधिकारमैत्री, सभ्य समाज निर्माण गरी विभेद उन्मूलन गर्नुपर्नेमा उनको जोड थियो ।
सांसद तुलप्रसाद विश्वकर्माले पेट्रोलियम पदार्थ र खाद्य सामग्रीमा दैनिक महँगी बढ्दै गएको र नियन्त्रण गर्ने कुरामा ध्यान नगएकोप्रति सरकारको ध्यानाकषर्ण गराए ।
महँगीका कारणले विकास निर्माणका सामग्रीको मूल्य पनि अत्याधिक बढ्दै गएको र व्यापार घाटा दैनिक बढ्दै जाँदा देश आर्थिक सङ्कटमा पर्ने अनि देशको युवाशक्ति पयायन हुने कुरालाई रोक्नुपर्नेमा उनको जोड थियो ।
सांसद भगवती न्यौपानेले गण्डकी प्रदेश सरकारले दिवङ्गत बाबुको नाममा ५० लाख विनियोजन गर्नु र सांसदहरुले आ–आफ्नो परियोजनाका लागि रकम छुट्याउनाले जनताको सङ्घीयताप्रति आक्रोस पैदा भएको छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार