काेराना संक्रमणकाे संख्या भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २२:२१:३२
२८ असार, एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम संक्रमण पुष्टि भएको हो । बितेका २४ घण्टामा १३ हजार ६१५ जना संक्रमित फेला परेका छन् ।
हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३६ लाखभन्दा बढी पुगेका समाचारमा जनाइएको छ । यहाँ एक लाख ३१ हजार ४३ सक्रिय संक्रमित रहेका छन् । यो कुल संक्रमितको ०.३० प्रतिशत हो । करिब चार महिनापछि १२ दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ ।
पछिल्लो एक दिनमा १३ हजार २६५ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २९ लाख ९६ हजार ४२७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।५० प्रतिशत रहेको छ ।
बितेका २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार चारसय ७४ भन्दा बढीको मृत्यु भएको छ । सोमबार चार लाख २१ हजार दुई सय ९२ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ७३ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ८८ लाख ७७ हजार ८६३ मात्रा खोप लगाइएको छ ।
यसैबीच दक्षिण कोरियामा सोमबार ३७ हजार ३६० जना कोरियाको नयाँ संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । यो सँगै दक्षिण कोरियामा एक करोड ८५ लाख ६१ हजार आठसय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अघिल्लो दिनको तुलनामा आज १२ हजार छ ९३ जना बढेको जनाइएको छ । कोरोना सङ्क्रमणबाट हिजो सात जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हालसम्म २४ हजार छ ६८ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार