नागरिकता विधेयक स्वागतयोग्य छ, हाम्रो माग नागरिकताको निरन्तरता हो : एनआरएनए
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २२:१७:५१
२८ असार, काठमाडौं । गैर आवसीय नेपाली संघ ‘एनआरएनए’ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर यस विधेयकले गैरआवसीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको र नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताएका छन् ।
संघले विधेयकमा राजनीतिक अधिकारबाहेक सबै अधिकार गैरआवसीय नेपालीले पाएको बताए । “अहिले संसदमा टेबल गरिएको नेपाल नागरिकता ऐन बिधेयकप्रति नेपाल सरकारलाई धन्यवाद । हाम्रो माग भनेको नागरिकताको निरन्तरता हो ।
यस बिधेयकमा केही कुराहरु हाम्रो माग अनुसार छैनन् तरपनि हामी यसलाई स्वागत गर्दछौं । विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको छ” अध्यक्ष कुँवरद्वारा जारी विज्ञप्तिा भनिएको छ ।
विगत पाँच वर्षदेखि ऐन बनाउन पहल गर्दै आएको बताउँदै कुँवरले संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले नेतृत्व गरिरहेको बताएका छन् । संसदमा रहेको विधेयकलाई फिर्ता लिएर संशोधनसहित नयाँ दर्ता गरिएपनि संघले उठाउँदै आएका महत्वपूर्ण मागहरु सम्बोधन नभएको भन्दै अध्यक्ष कुँवरले संशोधनको माग समेत गरेका छन् ।
“नेपाल सरकारले पुरानो बिधेयकलाइ फिर्ता लिएर फेरि केहि परिमार्जनसहित ‘नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न २०७९ लाई नयाँ बिधेयक’ भनेर संसदमा टेबल गरेको छ । यस बिधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संसोधनका लागि अनुरोध पनि छ । केहि बुँदामा हाम्रो असहमति पनि छ । तर पनि संबिधानले दिएको यो संबैधानिक अधिकार कार्यान्वयन गर्न केहि पनि नभएको अवस्थामा यो बिधेयले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता आफैंमा एउटा उपलब्धि हो” अध्यक्ष कुँवरको विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकलाई राजनैतिक अधिकार बाहेकको अरु सबै आर्थिक, सामाजिक, सांस्कृति अधिकार पाउने ब्यबस्था गरेको छ । संविधानले सार्क देशभन्दा बाहिएर बसेका, पुस्ताले नेपाली तर बिदेशी नागरिकता लिएका नेपाली मुलका बिदेशीहरुलाई जनाएको छ ।
अध्यक्ष कुँवरले संविधानले दोहोरो नागरिकता नभएर आफूहरुलाई गैरआवासीय नेपाल नागरिकता मात्रै भएको समेत बताएका छन् । उनले तत्कालिन अध्यक्ष डा। शेष घलेको विशेष प्रयासमा गैरआवासीय नेपालीको अधिकार संविधानमा सुनिश्चित भएको बताए ।
विज्ञप्तिमा भनिएको छ, संविधानले दिएको अधिकारलाई कतिपयले दोहोरो नागरिकता भन्ने गरेका छन् तर दोहोरो नागरिकता दिने देश बिश्वमा जम्मा ४३ वटा जति मात्र छन् । दोहोर नागरिकता भनेको कुनै पनि देशले एकै समय दुई देशको नागरिकता मान्यता दिने कानुन हो । अहिलेको नेपालको संबिधानले दोहोरो नागरिकताको ब्यबस्था गरेको छैन ।
संबिधानले हामीलाई दिएको गैरआवासीय नेपाली नागरिकता मात्र हो । नागरिकताको लागि तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा। शेष घलेको बिशेष पहलमा गैरआवासीय नेपाली नागरिकतालाई संबिधानमा सुनिश्चित गर्न सफल भएको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार