बिक्रमको ‘हेल्लो जिन्दगी’ लाई कोलकतामा पनि अवार्ड
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २२:३१:३६
२८ असार, काठमाडौं । ‘हेल्लो जिन्दगी’ फिल्मले भारतको कोलकतामा हालै सम्पन्न रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’ जितेको छ ।
एभरेष्ट सूर्य बोहरा निर्देशीत र बिक्रम डि. जोशीद्धारा निर्मित तथा अभिनीत फिल्मले केही साता अघि गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड समेत जितेको थियो ।
भारत,युके,जापन,इजिप्ट,ताइवान,क्युवा,टर्की,इन्डोनेसिया,स्पेन,अष्ट्रेलिया,चिनलगायत थुप्रै देशका फिल्महरुले प्रतिस्पर्धा गरेको अवार्डमा आफू निर्देशीत ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म बिधाकम अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिएका छन् । मासिक रुपमा आयोजना हुदै आएको अवार्डमा ‘हेल्लो जिन्दगी’ जून महिनाको बिजेता भएको हो । मासिक बिजेता फिल्महरु स्वतः बार्षिक प्रतिस्पर्धामा छनौट हुने प्राबधान अवार्ड आयोजक संस्थाले गरेको छ ।
अभिनेता तथा निर्मात जोशीले आफ्नो फिल्मले एकपछि अर्काे अन्तराष्ट्रिय अवार्ड जित्दा खुशी लागकोे प्रतिक्रिया दिएका छन् । उनले अवार्डले आफूलाई फिल्म निर्माण र अभिनयमा अझ प्रेरित गरेको बताएका छन् । निर्देशक बोहराले आफ्नो मिहीनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा खुशी लागेको बताए । हाल अमेरिका निवासी बोहरा केही समयमै स्वदेश आइ नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् ।
गत चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसाईं,बिक्रान्त बस्नेत,विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।
युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।
निर्देशक बोहराकै कथा,पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई नेपालमा आरआर फिल्मस्ले बितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार